बिजीमलमा सुरु भयो विन्टर मेगा सेल, ५० प्रतिशतसम्को छुट




२०७४ माघ २७ शनिवार
Newsdesk Shikharnews

काठमाण्डौं, २७ माघ ।  काठमाण्डौंको गोगंबुस्थित नयाँबसपार्कमा रहेकोे बिजीमलमा ‘विन्टर मेगा सेल’ सुरु भएको छ । १६दिने सेल अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवाको खरिदमा ५० प्रतिशत सम्म छुट पाउने मलले जनाएको छ । भ्यालेण्टाइनडेको अवसरमा ग्राहकले आकर्षक अफर समेत पाउने छन् ।

ग्राहकलाई सुपथमूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन ‘विन्टर मेगा सेल’ को आयोजना गरिएको मेलाका संयोजक हिरामणि तिमल्सिनाले बताए । जाडो मौसम तथा भ्यालेण्टाइन डेलाई लक्षितगरि फेब्रुअरी ९ देखि सुरु भएको ‘विन्टर मेगा सेल’फेब्रुअरी २४ तारिखसम्म सञ्चालन हुनेछ ।

सेल अवधिमा ग्राहकहरुले दैनिक रुपमा आश्चर्यजनक उपहार समेत प्राप्तगर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए ।यसकालागि कम्तीमा ५ सय रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । यसरी ५ सय रुपैंयाको सामान किन्ने ग्राहकहरु उपहार योजनामा सहभागिहुन सक्ने छन् । गिरीकाअनुसार हरेक सामानको खरिदमा ५० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।

मलले यस अवधिमा विभिन्न घरायसी विद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा, जुत्ताचप्पल, खेलौना, श्रृंगार तथा सौन्दर्य सामग्री लगायत मलमा उपलब्ध विभिन्न सामाग्रीको खरिदमा यस्तो छुटको व्यवस्था गरेको हो । यसका साथै सेल अवधिभर मेलामा सामान खरिद गर्ने ग्राहकहरुले दैनिक रुपमा सिनेमाको टिकट, लन्चकुपन, शपिगं भौचर लगायतका उपहार पाउने छन् । यसका साथै ५० हजार रुपैंया बराबरको स्मार्टफोन जित्ने अवसर पनि उनीहरुले पाउने छन् ।

भ्यालेण्टाइन डेको अवसरमा लाइभ म्यूजिक तथा भ्यालेण्टाइन डेकोर लगायतका कार्यक्रमहरु आयोजना हुनेछन् । यसका साथै सेल अवधिभरी कन्सर्टलाई निरन्तरतादिंदै फेस पेन्टिगं लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु पनि सञ्चालन हुनेछन् ।

मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइलशोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्जलगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।