सिलवालविरुद्व मुद्दा चलाउन देउवाको दबाब: थेग्न नसकेपछि धानुकले लिए बिदा




२०७४ माघ २८ आइतवार
Newsdesk Shikharnews

काठमाडौं, माघ । कार्य सम्पादन मूल्यांकनमा किर्ते गरेको भन्दै पूर्वडिआइजी तथा सांसद नवराज सिलावालमाथि मुद्दा चलाउन सरकारी पक्षबाट आएको दवाव खेप्न नसकेपछि महानगरीय प्रहरी परिसरका प्रमुख रविन्द्र धानुकले विदा लिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्यसचिव लोकदर्शन रेग्मी र प्रहरी महानिरीक्षक प्रकाश अर्यालले धानुकलाई जसरी पनि आइतबार मुद्दा दायर गर्न दबाब दिएका थिए । तर धानुकले आइतबारबाट बिदामा बसेका छन् र उनको फोन अफ रहेको छ । उनी पाँच दिन विदामा बसेको जनाइएको छ ।

त्यसैगरी काठमाडौं जिल्ला सरकारी वकिल सूर्य दाहाल पनि विदामा बसेका छन् । उनीमाथि पनि मुद्दा चलाउन दबाब दिँइदै आएको छ ।

सर्वोच्च अदालतले अदातलमा बुझाएको कार्य सम्पादन मूल्याकनको अंक तलमाथि गरिएको विषयमा अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । प्रहरीले सो विषयमा अनुसन्धान शुरु गर्दै नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

पक्राउबाट बच्न सिलवाल विदेशमा रहेका छन् । सरकारले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको माध्यमबाट सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।

Loading…