कट्टर मुस्लिम देशमा यसरी बन्दैछ हिन्दु मन्दिर




२०७४ माघ २८ आइतवार
Newsdesk Shikharnews

संयुक्त अरब इमिरेट्सको आवुधावीमा हिन्दु मन्दिर निर्माण गरिने भएको छ । मन्दिर निर्माण पूर्व गरिएको भूमि पूजामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरिक भएका छन् । मोदी फेब्रुअरी ९ देखि पश्चिम एसियाली मुलुकको भ्रमणमा छन् । विविसीले जनाए अनुसार मोदीले भिडियो कन्फ्रेन्समार्फत मन्दिरको भूमि पूजामा सहभागि भएका हुन् । मन्दिर निर्माण सम्पन्न भए पछि मुस्लिम बहुल देश संयुक्त अरब इमिरेट्सकै यो पहिलो हिन्दु मन्दिर हुनेछ । भिडियो कन्फ्रेन्समार्फत भूमि पूजा गर्दै मोदीले मन्दिरको स्थापना भए पछि भारत र युएई बीचको सम्बन्ध अझ प्रगाढ भएर जाने बताए । युएई सरकारले आवुधावीमा मन्दिर निर्माणका लागी २० हजार बर्ग मिटर जमिन उपलव्ध गराएको छ ।

भारतका प्रधानमन्त्री मोदी सन् २०१५ मा दुई दिवसीय भ्रमणका क्रममा युएई पुगेका बेला युएई सरकारले मन्दिर निर्माणका लागी जमिन उपलव्ध गराउने घोषणा गरेको थियो । आवुधावीको अव वाकबा भन्ने स्थानमा रहने मन्दिर हाइवेबाट ३० मीनेटको दुरीमा हुनेछ । मन्दिर बनाउने अभियानको जिम्मा विआर शेट्टीले लिएका हुन् । युएई एक्सचेञ्ज कम्पनीका प्रवन्ध निर्देशक तथा मुख्य कार्यकारी अधिकृत शेट्टी आवुधावीक चुनिएका अर्बपती व्यवसायी हुन् । मन्दिर २०१७ सालमै निर्माण सम्पन्न हुने बताइर्ए पनि विविध कारणवस समयमै सम्पन्न हुन सकेको थिएन । तर यो पटक प्रधानमन्त्री मोदीको युएई भ्रमणकै क्रममा भूमि पूजा समेत सम्पन्न भइसकेका कारण मन्दिर चाँडै निर्माण हुने देखिएको छ । युएईका २६ लाखभन्दा बढि भारतीय नागरिक रोजगारको क्रममा बसोबास गरिरहेका छन् ।