प्रदेश ३ को मुख्यमन्त्री पौडेलको सपथ ग्रहण




२०७४ माघ २९ सोमवार
Newsdesk Shikharnews

काठमाडौँ – प्रदेश नम्बर ३ को पहिलो मुख्यमन्त्रीको रुपमा नेकपा एमालेका नेता डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले सोमबार प्रदेश मुकाम हेटौँडामा सपथ खुवाएकी हुन्। देश संघीय शासन व्यवस्थामा गएपछि मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले पहिलो व्यक्ति बनेका छन्। पौडेल आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले संसदीय दलका नेता हुन्।

Loading…