आरजुले भनिन् – कान्तिपुरले चरित्रहत्या गर्‍यो

२०७४ माघ २९ सोमवार
Newsdesk Shikharnews

काठमाडौं, २९ माघ । प्रधानमन्त्री पत्नि तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले कान्तिपुर पब्लिकेसनले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएकी छिन्।

आरजुले १२ घण्टाअघि आफ्नो फेसबुकको वालमा कान्तिपुरको सह प्रकासन नेपाल म्यागेजिनको माघ २८ गतेको अंकमा प्रकाशित समाचारमा लागू औषध तस्करीको आरोपमा पक्राउ परेका एभरेस्ट होटलका मालिक मसकुर अहमद लारीसँग आफ्नो नाम नजिएको भन्दै त्यसको निन्दा गरेकी छन्।

‘कान्तिपुर पब्लिकेसन्सद्वारा प्रकाशित नेपाल राष्ट्रिय साप्ताहिकको ६ फागुन, २०७४ को अंक २७ मा ‘लाचार लारी’ विषयक समाचारमा चरेश जस्तो लागुपदार्थ र आपराधिक क्रियाकलापमा मुछिएका मसकुर अहमद लारी सँग मेरो सम्बन्ध देखाएर चरित्रहत्या गर्न खोजेकोमा घोर निन्दा गर्दछु’ उनले भनेकी छिन् ‘उक्त झुटो, गैरजिम्मेवार र कुनियत राखेर छापेको समाचारको घोर भर्त्सना गर्दछु ।’ 

लारीलाई गत साता प्रहरीले पुरानो लागू औषध तस्करीको मुद्दामा पक्राउ गरेको थियो ।