‘बेष्ट म्यानेजर’ ​बने युवा उद्यमी बिश्वास ढकाल




२०७४ माघ २९ सोमवार
Bishnu Phadera

काठमाडाै, २९ माघ । युवा उद्यमी बिश्वास ढकाल उत्कृष्ट म्यानेजर बनेका छन्। म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले हरेक वर्ष प्रदान गर्ने बेस्ट म्यानेजर अफ दि इयर २०१७ को अवार्ड एफवान सफ्टका प्रेसिडेन्ट ढकाललाई प्रदान गरेको हो।

ढकालले २००४ देखि एफवान सफ्टले सूचना प्रविधिको विभिन्न क्षेत्रमा उल्लेखनिय काम गर्दै आएको छ। पछिल्लो पाँच वर्षयता एफवान सफ्टले वित्तीय क्षेत्रमा प्रविधि भित्र्याउन तथा प्रविधिमार्फत वित्तीय कारोबार अघि बढाउन महत्वपूर्ण योगदान दिँदै आएको छ।

एफवान सफ्टले मोवाइल बैंकिङ सेवा, इन्टरनेट कार्ड म्यानेजमेन्ट सिस्टम, डिजिटल वालेट र अनलाइन पेमेन्ट गेटवे इ–सेवामार्फत वित्तीय सेवा दिंदै आएको छ।

एफवान सफ्टले अहिले २ सय जनाभन्दा बढीले रोजगारी दिएको छ।
कम्पनीले सुरुवात गरेको फिनटेक प्रविधि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट मान्यता प्राप्त हुनुका साथै यसले २०१४ इन्टरनेशनल बिजनेश अवार्ड (काँस्य पदक), एफएनसिसिआइ सर्भिस एक्सिलेन्स अवार्ड २०१३ तथा रेड हेरिङ टप १०० एसिया अवार्ड २०१२ प्राप्त गरेको छ।

सूचना प्रविधिको क्षेत्रमा उनले गरेको कामको मूल्याङकन गर्दै बेष्ट म्यानेजरको अवार्ड दिइएको म्यानले जनाएको छ।

Loading…