१९ वर्षीय सुजन: जाेअमेरिका डान्स कम्पिटिसन”मा प्रथम भए




२०७४ माघ २९ सोमवार
Bishnu Phadera

काठमाडौँ, २९ माघ ।   भविष्यमा केही गर्छु भन्दै गीतसंगीत क्षेत्रमा पाइला चाल्दै आएका कलाकार हुन् सुजन बिश्वकर्मा ।

बिगत केहि समय अगाडिदेखि देश बिदेशका कार्यक्रमहरुमा व्यस्त हुँदै आएका बिश्वकर्मा नेपाली गीतसंगीत क्षेत्रको बिकास र उन्नती तर्फ लागेका छन् । उनले पछिल्लो समयमा निकै नै चर्चित गीतहरुमा अभिनयसँगै कोरियोग्राफी पनि गरेका छन् ।

१९ वर्षीय बिश्वकर्मा “को बन्छ लण्डन सुपर स्टार” टप टेनमा परेका छन् भने “अमेरिका डान्स कम्पिटिसन”मा प्रथम भएका थिए ।

पछिल्लो समयमा “इन्डिया डान्स कम्पिटिसन” सुजनका चेला सुजन मार्पा तामाङ्ग सहभागी भएका छन् । “डि.आइ.डि” र “डान्स नेपाल डान्स” को जर्ज बसेका बिश्वकर्मा नेपालमा हुने थुप्रै डान्स कम्पिटिसनमा जर्ज बस्न सफल भएका छन् ।

कलाकारिता क्षेत्रमा उँदाउँदै गरेका  सुजन बिश्वकर्मा झापाका बासिन्दा हुन ।