हलिउड फिल्म मेकर माथि अदालतमा यौन मुद्दा

२०७४ माघ २९ सोमवार
Newsdesk Shikharnews

अमेरिकाको न्युयोर्कमा कानूनी अधिकारीले हलिवुड चलचित्र निमार्ता हार्वी वाइन्स्टिनको कम्पनी विरुद्ध मुद्दा दर्ता गरेका छन् । यौनहिंसाको आरोपमा अनुसन्धानको घेरामा आएका वाइन्स्टिनसहित उनको द वाइन्स्टिन कम्पनी विरुद्ध पनि मुद्दा दर्ता भएको हो । कम्पनीले कर्मचारी तथा अभिनेत्रीलाई वाइन्स्टिनबाट जोगाउन नसकेको आरोप लगाउँदै मुद्दा दायर गरिएको हो । वाइन्स्टिनमाथि बलात्कारसँगै यौन उत्पीडनका आरोप लगाइएका छन् । तर वाइन्स्टिनले यी आरोपहरु अस्वीकार गर्दै आएका छन् । उनले आफूले सहमति बिना कसैसँग पनि यौन सम्बन्ध कायम नगरेको बताउने गरेका छन् । तर न्युयोर्कका न्यायाधीवक्ताले चार महिना लगाएर गरेको अनुसन्धानपछि वाइन्स्टिन कम्पनी विरुद्ध मुद्दा दायर गरिएको बताएका छन् । न्युयोर्कका न्यायाधीवक्ता एरिक स्नाइडरम्यानले वाइन्स्टिन कम्पनी, वाइन्स्टिन र उनको भाइ रोबर्ट विरुद्ध आइतबार मुद्दा दायर गरेको जानकारी दिएका छन् ।