‘तक्मे बुढा’ सवारी दुर्घटनामा, यस्ताे छ अवस्था




२०७४ फागुन १ मंगलवार
Newsdesk Shikharnews

काठमाडाै, १ फागुन । हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ सवारी दुर्घटनामा परेका छन् ।

सोमबार राती मधुमल्ला महोत्सवमा सहभागी जनाएर झापा विर्तामोड फर्किनेक्रममा विल्सनको राति १२ बजे उनी सवार कार दुर्घटना भएको हो ।

बाटोमा कुकुरलाई बचाउन खोज्दा दुर्घटना भएको बताइएको छ । विल्सनले आईटेन कार आफै चलाएका थिए । उक्त कार सडकको किनारा तर्फ पल्टिएको छ ।

उनीसँगै कारमा बिशाल लिम्बु, युकेश लिम्बु, समिल राई र बाल कलाकार जेसिका राई समेत रहेको बताइएको छ । उनीहरु सकुशल रहेको बताइएको छ ।