जनयुद्ध दिवसकै दिन पेरिसडाँडा छाेडे यि नेताले




२०७४ फागुन १ मंगलवार
Bishnu Phadera

काठमाडौं,१ फागुन ।   माओवादी केन्द्रले पार्टी मुख्यालय पेरिसडाँडामा २३औं जनयुद्ध दिवस मनायो।

माओवादी केन्द्र मात्र होइन,उक्त पार्टीबाट बेला बेलामा छुट्टिएर फरक धारको नेतृत्व गरिरहेका माओवादी पार्टीहरुले पनि जनयुद्ध दिवस मनाइरहेका छन् ।

यता वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनयुद्ध दिवस मनाए ।

पेरिसडाँडामा जनयुद्ध दिवस मनाइरहँदा सोही पार्टीका केही नेताहरु भने बैद्य नेतृत्वको माओवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागी भए ।

माओवादी केन्द्रका नेताहरु गोपाल किराँती, विश्वभक्त दुलाल आहुती र लोकेन्द्र विष्ट पेरिसडाँडाको कार्यक्रममा देखिएनन् । बैद्य नेतृत्वको माओवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रुपमा सभागृहमा आयोजना कार्यक्रममा देखिए ।

तीनैजना नेताहरु माओवादी केन्द्र र एमालेबीच पार्टी एकता गर्ने प्रस्तावको विरोधी नेता हुन् ।

Loading…