भुकेकाे भन्दै नाै अाेटा कुकुरकाे हत्या




२०७४ फागुन १ मंगलवार
Bishnu Phadera

तमिलनाडु, १ फागुन । एक खबरका अनुसार, तमिलनाडुका नशामा धूत एकजना युवकले आफुलाई देखेर कुकुरहरू भुकेको भन्दै नौ वटा कुकुरको बच्चा मारेपछि कानूनको फन्दामा परेको खबर छ ।

आरोपीका अनुसार, आफुलाई कुकुरले हैरान पारेको र सहन नसकेपछि मारेको बयान दिएका छन । आफु उक्त समयमा रक्सीको नशामा रहेको पनि बताइएको छ ।

केही समय पहिले ती युवकको उनकी आमासँग झगडा परेको थियो । यही रिस र नशाका कारण उक्त युवकले कुकुरको बच्चाहरू मारेको बताइन्छ । ती युवकले एउटै कोखको नौ वटा बच्चा मारेको कुरा समाचारमा उल्लेख छ ।

प्रहरीले एनिमल कानूनको धारा र आईपीसी धारा २६८, ४२८ र ४२९ अनुसार मुद्दा दायर गरेको समाचारमा जनाइएको छ ।