एक फिट हिँउमा फुटवल प्रतियाेगिता




२०७४ फागुन १ मंगलवार
Newsdesk Shikharnews

हुम्ला, १ फागुन। करिव जमिनमा एक फिट हिँउ जमेको बेला बिहानै आकाश केही खुलेको देखे पछि महाशिब रात्री दिनमा शिब मन्दिरमा शिबको दर्शन गर्न जानेक्रममा  तल्लो गाँउ युवा क्लवले आफ्ना खेलाडीविच अकस्मात फटवल खेल आयोजना गरेको छ ।

भएका प्रतिभाहरुको लुकेको क्षमता बाहिर ल्याउन, खेलाडीको रमाईलो र यतिधेरै हिमपातमा फुटबल प्रतियोगिता गर्दा हुम्लाको सदरमुकाम सिमकोटको चर्चा पनि हुने भए पछि तल्लो गाँउ फुटबल क्लबले आफ्ना खेलाडीबीच सो खेल आयोजना गरेको हो ।

गत कार्तिकमा हुम्ला कप फुटबल प्रतियोगिताका बिजेता टिमकै खेलाडीहरुले सो प्रतियोगितामा भाग लिएको क्लवका खेलाडी रबिन्द्र रावतले बताए ।

एक फिट हिउँ जमेको खाली जग्गामा युवाहरुले हेर्दा रमाईलो गरेको जस्तो पनि देखिने तर दुई तिर गोल पोष्ट राखेको देख्दा पनि फुटबल प्रतियोगिता भएको थाहा पाएको शिब मन्दिरमा दर्शनका लागि गएका भक्तजन बसन्त रोकायाले बताए ।

३० मिनेटको सो खेलमा खेलाडी बल हान्न केही असजिलो भए पनि हिउँमा फुटबल खेल्न खेलाडी निक्कै रमाई रहेका देखिन्थे ।