अाज फागुन १ गते : कहाँ के-के घटना घटे ?

२०७४ फागुन १ मंगलवार
Newsdesk Shikharnews

सामुदायिक प्रहरी कमाण्ड पोष्ट तथा खोजखवर कक्ष सञ्चालन गरी सेवा पु¥याइएको
काठमाडौं
महाशिवरात्रीको २०७४ का अवसरमा भगवान श्री पशुपतिनाथको मन्दिर परिसरमा आउनुहुने श्रद्धालु भक्तजनहरुलाई सुरक्षा एवं बिबिध मानवीय सेवा पु¥याउने उद्धेश्यले सामुदायीक सेवा केन्द्र चावहिल लगायतको सहभागितामा पशुपति क्षेत्र परिसरमा मंगलबार सामुदायिक प्रहरी कमाण्ड पोष्ट तथा खोजखबर कक्ष सञ्चालन गरी सेवा पु¥याइएको छ ।
उक्त पोष्ट मार्फत नेपाल प्रहरी अस्पताल महाराजगञ्जका चिकित्सकहरुद्धारा ४० जनालाई स्वास्थ्य सेवा पु¥याइएको थियो । भिडमा हराई अभिभावकबाट सम्पर्कविहनि भएका ७७ जनालाई खोजी गरी सम्बन्धित अभिभावकलाई जिम्मा लगाउनुको साथै थप मानविय सेवा कार्य समेत गरिएको थियो । साथै कमाण्ड पोष्टमा भक्तजनहरुले सहयोगको लागि आग्रह गरेकोमा उनीहरुलाई आवश्यक समन्वय र सहयोग समेत प्रदान गरिएको थियो ।
सो भीडमा पाकेटमारी गर्ने ३५ जनालाई समेत कमाण्डपोष्टको प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत गौशाला बुझाएको छ ।

लागूऔषध गाँजा सहित पक्राउ
मकवानपुर
पर्साको सखुवा प्रर्सौनी गाँउपालिका–१ बस्ने ५५ बर्षीय बिश्वनाथ चौधरीलाई २ केजी ५० ग्राम लागुऔषध गाँजा सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
हेटौडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट बारातर्फ जाँदै गरेको ना.५ख ४९४० नम्बरको बस जाँच गर्ने क्रममा चौधरीले बोकेको निलो झोलामा रहेको उक्त गाँजा फेला पारी पक्राउ गरेको छ ।
यसैगरी हेटौडा गढी गाँउपालिका–५ बुंदोल बस्ने ७३ बर्षीय लालमान ब्लोनलाई उनकै घरबाट १ किलो ६० ग्राम लागुऔषध गाँजा सहित प्रहरीले सोमबार पक्राउ गरेको छ । साथै प्रहरीले सोही ठाउँ बस्ने बिरमान मोक्तानको केराबारी भित्र लुकाई राखेको ३ किलो ६ सय २० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । मोक्तानलाई प्रहरीले खोजतलास गरिरहेको छ ।
त्यसैगरी बाराको जितपुर नगरपालिका–८ बस्ने २८ बर्षीय जगदिश राम र २० बर्षीय राजन साहलाई ४ किलो २ सय ग्राम लागुऔषध गाँजा सहित प्रहरीले सोमबार पक्राउ गरेको छ ।
हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टमा ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट बारातर्फ जाँदै गरेको ना.६ख ९४२४ नम्बरको बस जाँच गर्ने क्रममा सोही बसमा सवार उनीहरुलाई गाँजा सहित फेला पारी नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरुवा बन्दुक सहित पक्राउ
काभ्रे
बनेपा नगरपालिका तिनघरे बस्ने २५ बर्षीय मिलन तामाङलाई १ नाले भरुवा बन्दुक सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । जंगलतर्फ शिकार खेल्न गईरहेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले अवश्यक अनुसन्धान गरिरहेको छ ।

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ
कास्की
आफ्नै श्रीमतीलाई कुटपिट गरि हत्या गरेको अभियोगमा मादी गाउँपालिका–५ बयरघारी बस्ने ४३ बर्षीय एक बहादुर बि.क. लाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
घरायसी बिबादका कारण ४६ बर्षीया गौमाया बि.क.लाई कुटपिट गर्दा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 सुनको सिक्री लुटपाट
काठमाडाै
टोखा नगरपालिका–९ बुद्धटोलस्थित बा.२ ज ३०६० नम्बर ट्याक्सीमा गंगबुबाट बुद्धटोल जाँदै गरेकी कास्कीको गण्डकी नगरपालिका–४ घर भएकी सपना भुजेलको १ तोलाको सुनको सिक्री र सोही ठाउँ बस्ने पुजा भुजेलको सामसुङ कम्पनीको १ थान मोवाईल लुटपाट भएको छ ।
नम्बर नखुलेको ट्याक्सीमा आएका ३÷४ जना अपरिचित ब्यक्तिहरुले लुटपाट गरी फरार भएका थिए ।
फरार ब्यक्तिहरुको प्रहरीले खोजतलास गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी

काठमाडौं  काठमाडौं महानगरपालिका–६ बौद्ध कुमारीगल खरिबोट डेरा गरी बस्ने ईन्द्रलाल बिष्टको कोठाबाट सोमबार सुनका बिभिन्न गरगहना गरी १ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
काठमाडौं  टोखा नगरपालिका–८ जाल्पाचोकस्थित किराना पसल संचालन गरेका सोलुखुम्बु घर भएका केशव बहादुर खड्काको पसलबाट नगद १ लाख १० हजार रुपैयाँ तथा अन्य सरसामान समेत गरि १ लाख २३ हजार ७ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु तथा घाइते

रुपन्देही मायादेवी गाउँपालिका–४ गुण्डीस्थित हुलाकी सडकखण्डमा सोमबार लु.७प ३६०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्न जाँदा मोटरसाइकल चालक शुद्धोदन गाँउपालिका–५ मानमटेरीया बस्ने २५ बर्षीय विनोद कहार र पछाडी सवार सोही ठाउँ बस्ने ३२ बर्षीय शम्भु मल्लाह घाईते भएकोले उपचारको लागि भिम अस्पताल भैरहवामा पठाईएकोमा विनोद कहारको बाटोमै मृत्यु भएको ।
यसैगरी बुटवल उपमहानगरपालिका–१२ स्थित महेन्द्र राजमार्गमा सोमबार लु.१ख ७७६५ नम्बरको ट्रकमा लु.३६प १२४२ नम्बरको स्कुटर ठोक्किदाँ स्कुटर चालक सैनामैना–४ मुर्गिया बस्ने ४२ बर्षीय जोक बहादुर क्षेत्री र मोटरसाइकल पछाडी सवार तिलोत्तमा नगरपालिका–११ बस्ने १७ बर्षीय संजिव पोख्रेल घाईते भएकोले उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल पठाईएकोमा संजिव पोख्रेलको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जोक बहादुर क्षेत्रीलाई थप उपचारको लागी ग्राण्डी अस्पताल धापासी काठमाडौ पठाईएको छ । सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी  दुहवी नगरपालिका–३ स्थित ईटहरीबाट बिराटनगरतर्फ जादै गरेको ना.३ ख ९८६० नम्बरको बसको ठक्करबाट घाईते भएका पैदल यात्री बराहा नगरपालिका–६ बस्ने ६० बर्षीय डेगराज रिजालको बिराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । साथै बसको ठक्करबाट घाईते भएका साईकल यात्री दुहवी नगरपालिका–४ बस्ने १७ बर्षीय रबिन चौधरी र पैदल यात्री सोही स्थान बस्ने ३० बर्षीय सन्तोष कोईरालालाई उपचारार्र्थ बिराटनगर न्युरो अस्पताल लगिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ ।
दाङ तुलसीपुर उपमहानगरपालिका–१७ स्थितमा लु.१ च ७४३४ नम्बरको जिपले पैदल यात्री तुलसीपुर उपमहानगरपालिका–११ टाँडी बस्ने १७ बर्षीय किरण रानालाई मंगलबार ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । जिप र चालक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट धनमाल क्षति

ललितपुर  ललितपुर महानगरपालिका–८ मंगलबजार स्थित सागर बज्रचार्यको घरमा मंगलबार पुजाको दियोबाट आगलागी हुँदा विभिन्न सरसामानहरू जलेर नष्ट भई करीब ७ लाख ७ हजार रुपैयाँ बरावरको धनमाल क्षति भएको छ ।
मोरङ  बिराटनगर महानगरपालिका–८ हाटखोला चोक स्थित सोही नगरपालिका–७ बस्ने किशोर रौनियारको एकतले कवाडीको गोदाममा मंगलबार आगलागी हुँदा करीब ४० लाख रुपैयाँ बरावरको धनमाल क्षति भएको छ ।
काभ्रे  बनेपा नगरपालिका–६ स्थित शिवहरी दाहालको टिनले छाएको १ तले घरमा मंगलबार आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको ।
बाँके नेपालगंज उपमहानगरपालिका–२० जमुनाहस्थित भन्सार कार्यालयको नयाँ कम्पाउन्ड भित्र राखेको ग्ए द्दद्द त् ज्ञद्धढढ भारतीय नम्बरको मालबाहक ट्रकमा मंगलबार विधुत सर्ट भई आगलागी हुदाँ करिब १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
सोलुखुम्बु  माहाकुलुङ गाँउपालिका–२ बस्ने १८ बर्षीय मिलन राईको घरमा सोमबार आगलागी हुदाँ घर जलेर करिब ५ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
उदयपुर  कटारी नगरपालिका–८ तल्लो खमारे बस्ने लक्ष्मण आलेमगरको ढुङ्गा माटोले बनेको फुस्को छाना भएको २ तल्ले घरमा जडान गरिएको सोलार प्यानलको तार सट भई सोमबार आगलागी हुँदा करीब ५ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानिय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 जंगली हात्तीको आक्रमणमा परी मृत्यु
सप्तरी
जंगली हात्तीको आक्रमणबाट कन्चनरुप नगरपालिका–५ बस्ने ४५ बर्षीया दुर्गी मुखिया र सोही स्थान बस्ने ३५ बर्षीया मन्जु साहको मंगलबार मृत्यु भएको छ । कोशी टप्पु बन्यजन्तु आरक्षणमा घाँस दाउरा गर्न गएका उनीहरुलाई जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

managed wordpress hosting