राजिनामा दिने मुडमा रहेका देउवाकाे अर्काे लफडा




२०७४ फागुन २ बुधवार
Newsdesk Shikharnews

काठमाडौं,२ फागुन । आफैं गृहमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीमा फेरि अर्को भाँडभैलो मच्चाएका छन् । देउवा, गृहसचिव मोहनकृष्ण सापकोटा र प्रहरी महानिरीक्षक प्रकाश अर्यालले असफल भएका आफ्ना मानिसलाई इन्स्पेक्टर बनाउन विधि र प्रक्रिया मिचेर परिणाम प्रकाशित गरेका छन् । नेपाल प्रहरीले ०७४ साउन ३१ मा सई, असई, इन्स्पेक्टर र डीएसपी समेत गरी सयौंको संख्यामा भर्नाका लागि विज्ञापन आव्हान गरेको थियो । सबै पदका लागि गरिएको विज्ञापनको फाराम भर्नेहरुको लिखित परीक्षा लोकसेवा आयोगले लिएको थियो । यसमध्ये प्रहरी निरीक्षक (जनपद)को परीक्षा लोकसेवा आयोगले गत कात्तिक २४ देखि २७ गतेसम्म लिएको थियो ।

नेपाल प्रहरीकै प्राविधिक समूह अन्तर्गतका विभिन्न उपसमूहतर्फ रिक्त प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षक पदका परीक्षा गत कात्तिक २३ देखि २८ गतेसम्म आयोगले नै लिएको हो । यसैगरी प्राविधिक समूह अन्तर्गतका विभिन्न उपसमूहतर्फका प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षकतर्फका परीक्षा पनि आयोगले २०७४ कात्तिक २५ देखि ३० गतेसम्म लगाएर लिएको थियो ।
लोसेआले परीक्षा लिइसकेपछि परिणाम प्रकाशन पनि उसैले, उसकै लेटरप्याडमा प्रकाशनार्थ सम्बन्धित कार्यालयलाई उपलब्ध गराउने गर्दछ । तर यसपटक भने प्रधानमन्त्री शेरवहादुर देउवा, गृहसचिव मोहनकृष्ण सापकोटा र प्रहरीमहानिरीक्षक प्रकाश अर्यालले आफ्ना असफल तर जागिर खुवाउनै पर्ने मानिसका लागि प्रहरी निरीक्षक (जनपद)को परीक्षाफलमा बलमिच्याई गरेको ठहर लोकसेवाले समेत गरेको स्रोतले बतायो ।

यिनीहरुको बलमिच्याईंकै कारण प्रहरी निरीक्षकको परीक्षाफल लोसेआले पठाएको उसकै लेटरप्याडमा उसकै फम्र्याटमा प्रकाशित भएन । यसअघि सधैं लोसेआकै लेटरप्याडमा जस्ताको तस्तै नतिजा प्रकाशित हुने गरेकोमा यसपटक भने प्रधानमन्त्रीदेखि आइजीका समेत असफल उम्मेदवारलाई जसरी पनि पास गराउने, बढुवा गर्ने र जागिर खुवाउन नतिजा प्रहरी प्रधान कार्यालयले नै प्रकाशित गरेको प्रहरी मुख्यालय श्रोतले उल्लेख गरेको छ । अन्य प्राविधिक पदका लागि लिइएका परीक्षाका नतिजा भने प्रहरी मुख्यालयले लोसेआकै लेटरप्याडमा तलमाथि नगरी प्रकाशित गरेको छ । यो विषय गृह मन्त्रालयदेखि प्रहरी मुख्यालयमा समेत विवादित बनेपछि लोसेआले समेत सोधेको थाहा भएको छ ।

लोसेआलाई प्रहरीका हाकिमहरुले नियमावली परिवर्तन भएकाले यस्तो भएको जवाफ दिएपनि चित्त बुझाउन सकेका छैनन् । आफ्ना भएजति मानिसलाई इन्स्पेक्टर बनाउन लागेका अर्यालसहितका प्रहरी उच्चाधिकारीले शारीरिक परीक्षाको पनि प्राप्तांक जोडेर नतिजा प्रकाशित गर्नुपरेकाले यस्तो भएको बताउने गरेका छन् । यो परीक्षामा प्रधानमन्त्री देउवाका सुरक्षार्थ खटिएका दुई जना प्रहरीलाई इन्स्पेक्टरको लागि योग्य बनाएर नतिजा प्रकाशित गरिएको छ ।

गृहदेखि प्रहरीका हाकिमहरुले पनि परीक्षा लिने संस्था एउटा ९लोसेआ० र नतिजा प्रकाशित गर्ने निकाय अर्को (प्रहरी प्रधान कार्यालय)भएकाले बीचमा आफ्ना अयोग्य मानिसलाई वा आर्थिक लाभ हासिल गरी थुप्रैलाई प्रहरी निरीक्षक पदमा घुसाइएको हुनसक्ने आशंका छ । यस सम्बन्धमा लोसेआका एक सहसचिवले प्रहरीले नियमावली परिवर्तन भएकाले यस्तो नतिजा प्रकाशित गर्नुपरेको बताएको उल्लेख गरे । जता पनि अनियमितता र बदमाशी गर्ने, प्रक्रिया मिचेर आफूलाई मात्र लाभ हुनेगरी निर्णय गराउने देउवा शैलीले प्रहरी संगठन र मुलुकलाई कता पु¥याउने होला ?

साँघु साप्ताहिक बाट ।