कांग्रेसले सच्यायो सुची,पिछडिएकाे क्षेत्रबाट शाही लिस्टमा




२०७४ फागुन २ बुधवार
Newsdesk Shikharnews

काठमाडौ, २ फागुन । कांग्रेसले निर्वाचन आयोगको निर्देशन बमोमिज प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ पार्टीले पाएको सिटमा नाम सच्याएर पठाएको छ ।

आयोगले कांग्रेसले पठाएको सुचीमा पिछडिएको क्षेत्रको प्रतिनिधित्व नभएको भन्दै सच्याउन पत्राचार गरेको थियो । आयोगको पत्र अनुरुप खस आर्य समूहबाट पुरुष र महिलाको अन्तिममा रहेका एकरएक नाम हटाएर पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुनेगरी कांग्रेसले नाम थपेर आयोगमा पठाएको हो ।

केन्द्रीय कार्यालयका सचिव केशव रिजालका अनुसार कांग्रेसले मोहनप्रसाद पाण्डेको नाम हटाएर रामबहादुर विष्ट र दिपशिखा शर्माको नाम हटाएर रंगमति शाहीको नाम राखी आयोगमा पठाएको हो ।

विष्ट र शाहीको नाम पिछडिएको क्षेत्रको प्राथमिकताक्रमको पहिलो सुचीमा थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ३१ लाख २८ हजार तीन सय ८९ मत पाएको कांग्रेसले ४० सिट पाएको छ ।