एमालेको निर्णय: ओलीलाई प्रधानमन्त्री बनाउने




२०७४ फागुन २ बुधवार
Newsdesk Shikharnews

काठमाडौं, फागुन २ । एमाले स्थायी समितिको बैठक सकिएको छ । भर्खरै सकिएको बैठकले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडि बढाउने भएको छ ।

बैठकमा आजै बसेको माओवादी अध्यक्ष प्रचण्डसँगको ‘वान टु वान’ वार्ताबारे ओलीले व्रिफिङ गराएका थिए । ओलीले आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा भएको समझदारी बैठकमा भनेको नेता सुरेन्द्र पाण्डले जानकारी दिए ।

उनले सरकारको नेतृत्व कसले पहिला गर्ने भन्ने विषयमा छलफलकै विषय भएको पनि बताए । फेरी, ओली र प्रचण्डको वान टु वान वार्ता हुने र पार्टी एकता संयोजन समितिको बैठक बस्ने उनले जानकारी दिए ।

पार्टी एकतालगायतका विषयमा अहिले बस्ने ओली प्रचण्डबीचको बैठक र त्यसलगत्तै बस्ने संयोजन समितिको बैठकले टुंग्याउने पनि नेता पाण्डले बताए ।