शिखरन्युज संवाददाता बेल्वासे सम्मानित




२०७४ फागुन २ बुधवार
Bishnu Phadera

कपिलवस्तु, २ फागुन । प्रेस सेन्टर कपिलवस्तुले प्रदान गर्दै आएको स्वःसिपि शर्मा युवा पत्रकारीता २०७४ वाट शिखरन्युज  संवाददाता माधव बेल्वासे र पत्रकार ओरीराम चौरसीया पुरस्कृत भएका छन ।

उनिहरुलाई नगद दश,दश हजार र सम्मान पत्रले सम्मानीत गरीएको छ ।।पुरस्कृत गर्दै कपिलवस्तु प्रतिनिधि सभा १ का संसाद वलदेवले देशको महत्वपुर्ण अंग पत्रकार रहेकोले निश्पक्ष समाचारलाई स्थान दिन आग्रह गरे । लामो समयदेखी पत्रकारीता गरी एक स्वच्छ पत्रकारीता गरेकोले सम्मान गरीएको प्रेस सेन्टर कपिलवस्तुका सह संयोजक अर्जुन वेल्वासेले वताए ।