भ्यालेन्टाइनकै दिन मायालुले छाेडेपछि..(भिडियाे सहित)




२०७४ फागुन २ बुधवार
Bishnu Phadera

काठमाडौँ, २ फागुन ।   प्रेम दिवसको दिन अधिकांस मानिसहरुले प्रेम दिवसको शुभकामना आदान प्रदान अनि मायामा रमाईरहेर माया साटासाट गरेका प्रसस्तै उदाहरण पाईन्छ ।

तर धेरैले वास्तविक जिबनमा भोग्नु परेको वियोगान्त यथार्थ जीवनको कथालाइ सर्जक रमेस बि.जी.ले आजकै दिन “तँ भनेर छोड्यो मायाले” बोलको गीत सार्बजनिक गरेका छन् ।

चर्चित गायक पुरुषोत्तम न्योपाने र गायिका गीता सेन्चुरीको आवाजमा सजिएको यो यथार्थपरक वियोगान्त गीतलाई बिन्दबसिनी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको छ ।

चर्चित मोडेल महेन्द्र गौतम र रन्जिता गुरुङ को मनछुने अभिनय रहेको यस गीतलाई बिक्रम चौहानले निर्देशन गरेका छन् भने प्रकाश खड्काको छायांकन र मिलन बि.क.को सम्पादन छ । यस भिडियोको दृश्य निर्माण बि.स्टार.फिल्म्स प्रा.लि ले गरेको छ ।

गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस