सकियो के एलमोबाइल मेला, बाइवान गेट वानफ्री र एक्सचेञ्ज अफर कायमै

२०७४ फागुन २३ बुधवार
Newsdesk Shikharnews

काठमाडाै,२३ फागुन।केएलमोबाइलहबले सञ्चालनगरेको मोबाइल मेलाबुधबार देखि सकिएको छ । मोबाइलका पारखीलाई अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्य सहित हबले फागुन १ गतेदेखि मोबाइल मेलाआयोजना गरेको थियो । मेला सकिएपनि २ वटा अफरहरुलाई भने मोबाइलहबले निरन्तरता दिएको छ ।

मोबाइल मेलाले अपेक्षाअनुसार सफलता पाएको मोबाइलहबले बताएको छ । मेलामा देखिएको सेवाग्राहीको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिने हबका प्रबन्धनिर्देशक अलाइभ ग्लाइडरले बताए । उनकाअनुसार मोबाइल मेला सकिएपनि केही समयसम्म एउटा मोबाइल किन्दाअर्को मोबाइल सित्तैंमा दिने अफर सञ्चालन भैरहने छ ।

त्यसै गरी मोबाइल एक्सचेञ्ज अफरलाई पनि केही समयका लागि निरन्तरता दिइएको ग्लाइडरले बताए । ग्लाइडरका अनुसार ग्राहकले जस्तो सुकै बिग्रेको मोबाइल भएपनि मुल्यांकन गराएर नयाँ मोबाइलखरिद गर्न सक्नेछन् ।फागुन १६ गते सम्म चल्ने भनिएको मेला सेवाग्राहीको चापका कारण एक साता पछिसम्म सञ्चालन गरिएको थियो ।

विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्नमोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध छन् । अधिकांस ब्राण्डले मोबाइल हबमा नै टच एन्ड फिल काउन्टर समेत सञ्चालन गरिरहेका छन् । मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइल मर्मत सेवापनिउपलब्ध छ ।