जुन गीतले ५० लाख दर्शक बनायो
काठमाडौं,२५ फागुन । नेपाली लोकदोहोरीको इतिहास रच्दै गायक राजन गुरुङको ‘उहि खोलीको पानी’ले पचास लाख दर्शक बनाएको छ । सम्भवत लोकदोहोरीमा पचास लाख दर्शक बनाउने पहिलो गीत हो ‘उहि खोलीको पानी’ ।
तर, अहिले पनि यो गीतले बजार तातिरहेको छ । यस्तै माया र साथ पाएमा भोलीका दिनहरूमा अझै उत्कृष्ट कोशेली पस्कने प्रेरणा मिल्नेछ गुरुङ भन्छन्, ‘दर्शक र श्रोता, शुभचिन्तकहरू मेरा लागि भगवान हुनुहुन्छ, उहाँहरूको ताली र गाली मेरा लागि आशिर्वाद र प्रसाद हुन् म ग्रहण गर्ने छु ।’
गुरुङले यही गीतमार्फत १९ औं इमेज अवार्ड समेत हात पारेका छन् । त्यस्तै पाँचौं राष्ट्रिय लोकदोहोरी अवार्डमा यस गीतले ४ वटा विधामा अवार्ड हात पारेको थियो ।
उही खोलीको पानी गीतबाट राजन गुरुङले पब्लिक च्वाईस अवार्ड, लय शब्दतर्फ बसन्त थापा, निर्देशकतर्फ बब्बु थापा र छायाकंनतर्फ करण चैसिरले अवार्ड हात पारेका थिए ।
गीतको सम्पूर्ण पक्ष उत्कृष्ट छ । बसन्त थापालको सुमधुर लय सिर्जना रहेको सो गीतमा केशव पौडेलले शव्द सिर्जना गरेका छन् ।राजन गुरुङ र देवी घर्तीको आवाज रहेको सो गीतमा बसन्त थापा, करिश्मा ढकाल, रश्मी तामाङ र राजन गुरुङको उत्कृष्ट अभिनय रहेको छ ।
को हुन् गुरुङ ?
कास्कीको घान्द्रुकमा जन्मिएर नवलपरासीमा हुर्केका गुरुङ पछिल्लोसमय कलाकारिता क्षेत्रका हस्ती हुन् । धेरै गीत रेकर्डिङ समेत गरेका छन् । २०५५ सालमा काठमाडौं छिरेका गुरुङले ०५८ सालमा आफ्नो पहिलो गीत रेर्कड गरेका थिए । ‘पारी शीतल वनैमा’ बोलको गीत रेकर्ड गराएका गुरुङको पहिलो गीतले बजारमा राम्रो मार्केट लिएको थियो । दर्शकहरुबाट पनि उक्त गीतको राम्रो प्रतिक्रिया आएको उनी बताउँछन् ।
त्यस्तै उनले लगातार गीतहरु रेकर्ड गर्दै आइरहे, बजारमा राम्रो चले तर गुरुङ भने चर्चामा आउन सकेनन् । लोकगायक लोक बहादुर क्षेत्रीको फ्यान रहेका गुरुङ बाटोमा समेत उहाँको गीत गाउँदै भुनभुनाउँदै हिँड्ने गरेको उनी भन्छन् ।पशुपति म्यूजिक प्रा.लि. बाट ०६३ सालमा ‘बोली तोते तोते’ बोलको गीत बजारमा ल्याए । उक्त गीत बजारमा आएपछि पनि उनी चर्चामा आउन सकेनन् । त्यस्तै ०६४ सालमा ‘दशैं तिहार आयो’, ०६८ सालमा ‘माफ गरिदेउ सानु’, ०६९ सालमा ‘मै जन्मेको घान्द्रुङ गाउँ’, ०७१र०७२ सालमा ‘आकाशैमाथि जहाजै उड्यो’, र ०७३ सालमा ‘उही खोलीमा पानी उही खोलीमा माछा’ भन्ने बोलको गीत बजारमा ल्याइसकेका छन् ।
सोखिनको रुपमा यो पेशालाई अँगालेका गुरुङ यो ठाउँसम्म आइपुग्दा आफू यसभन्दा अघि लुकेर रहेको बताउँछन् । उनी भन्छन्, ‘अझै पनि यो पेशालाई निरन्तरता दिन्छु, अब सबैले चिन्ने गरी अगाडि बढ्छु ।’
हेर्नुहाेस याे भिडियाे