भगवति र बिजयकुमार मध्य एककाे भाग्यकाे फैसला हुँदै

२०७४ फागुन २५ शुक्रवार
Newsdesk Shikharnews

काठमाडाै, २५ फागुन । सुनसरी ३ बाट प्रतिनिधिसभमा निर्वासचत काँग्रेस नेता विजयकुमार गच्छदारविरुद्धको मुद्धामा सुनुवाइ सुरु भएको छ ।

गच्छादारले निर्वाचनमा धाँधली गरेको दाबी गर्दै उम्मेदवारी खारेजीसम्मको माग गरिएको मुद्दामा शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ सुरु भएको हो ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा र दीपकुमार उपाध्यायको संवैधानिक इजलाशले गच्छादारको मुद्दामा सुनुवाइ सुरु गरेको छ ।

नेकपा एमालेकी नेतृ भगवती चौधरीले पुस ११ मा दायर गरेकोे निवेदनमा अन्तिम सुनुवाइ गर्न सर्वोच्चको संवैधानिक इजलाशमा बहस सुरु भएको हो । यसअघि पुस १४ मा सर्वोच्चले गनिएका मतपत्र मगाएको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठवन्धनका तर्फबाट उम्मेवार रहेकी चौधरीले सुनसरी निर्वाचन क्षेत्र ३ मा पराजित भएपछि पुनः मतगणना हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सर्वोच्चले उक्त मुद्दामा रिट जारी हुने आदेश गरेमा गच्छदारले सांसद पद गुमाउनुपर्नेछ । तर, मुद्दा नै खारेज गरेमा चौधरीको माग पूरा हुनेछैन र गच्छदार प्रतिनिधिसभा सांसद कायमै रहनेछन् ।

सुनसरी ३ मा गच्छदार ३८ हजार ९ सय ७२ मतसहित विजयी भएका थिए । चौधरीले ३८ हजार ६ सय ५१ मत ल्याएकी थिइन् । गच्छदार काँग्रेसको संसदीय दलका उपनेता समेत हुन् ।