विमान दुर्घटनामा चितवनका वरिष्ठ न्युरो सर्जन डा. थापाको निधन




२०७४ फागुन २८ सोमवार
Bishnu Phadera

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–वाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन डा. बालकृष्ण थापाको निधन भएको छ । डा. थापा चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुरको चौबिसकोठीमा रहेको चितवन अस्पताल प्रालिमा कार्यरत थिए ।

डा. थापा बंगलादेशमा भएको चिकित्सासम्बन्धी सेमिनारमा भाग लिएर नेपाल फर्कने क्रममा विमान दुर्घटनामा परी निधन भएको हो । २०५१ सालमा एमबीबीएस उत्तीर्ण गरेका डा. थापाले चिकित्सा क्षेत्रमा अध्ययनका क्रममा ३ पटकसम्म स्वर्ण पदक प्राप्त गरेका थिए । बंगलादेशको ढाकामा रहेको बंगबन्धु शेख मुजिब चिकित्सा विश्वविद्यालयबाट न्युरो सर्जरीमा एमडी गरेका थिए ।

२०२४ माघ १४ गते कुसादेवी–३, काभ्रेमा जन्मिएका थापाले बनेपास्थित कुशादेवी उच्च माविबाट एसएलसी उत्तीर्ण गरेका थिए । डा.थापा चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जका गोल्ड मेडलिस्ट डाक्टर हुन् ।

Loading…