राजनीती गर्ने कर्मचारीलाई उधोगले नपाल्ने महाप्रबन्धकको भनाई ।

२०७४ फागुन २९ मंगलवार
NewsDesk ShikharNews

अश्विन खड्का । उदयपुर २७ फागुन

२०४५ साल देखी जापान सरकारको सहयोगमा बनेर टाट पल्टेर धरायसी बनेको एसियाको दोस्रो सिमेन्ट उधोग उदयपुर सिमेन्ट उधोग लाई निजीकरण हुन बाट जोगाएका महाप्रबन्धक सुरेन्द्र पौडेल ले अब फेरी उधोग लाई पुन हालको भन्दा बढी क्षमता दैनीक ८१५ टन सम्म उत्पादन गर्ने सक्र्ने गरी उधोगको सबै कुरा ब्यवस्थित रुपमा लैजानका लागी उधोगमा उत्पादन गर्ने क्षमता को बिस्तारका योजना अनुरुप काम गर्ने शुरु गरेका छन।

उत्पादन बढाउनको लागी हालैमात्र महाप्रबन्धकले नेपाल सरकार सँग २करोड१२ लाख रुपैया ऋण स्बरुप माग गरी उधोगको उत्पादन क्षमता अझ धेरै उत्पादन गर्ने सक्नेगरी उधोगबाट निस्कीने धुवा धुलो को प्रदुषण नियन्त्रण गर्नेकार्य सबन्धि सम्पुर्ण खाका तयार बनाएर मन्त्रालयमा गई प्रपोजल पेश गरीसकेको कारण रकम प्राप्त हुनै बितीकै उधोगमा हाल भएको मौजुदा प्राविधिक जनशक्ति र प्लान्टलाई नै उपयोग गरेर क्षमता विस्तारगर्न आफु लागीपरेको उनले बताए।

विज्ञको टोलीसँग परामर्श गरी सरकारसँग ऋण सहयोगमा माग गरिएको र ४ बर्ष भित्रमा सो रकम सरकार लाई समेत तीर्न सकीने र उधोगको उत्पादन क्षमता दैनीक ८०० टन सम्म उत्पादन गरी देशको ६० देखी ७० प्रतिशत सम्म बजारमा गैडा छापको उदयपुर सीमेन्ट पठाउन सकिने बताए। उधोगमा हुने राजनीतीक नियुक्त,मजदुरहरुको साधारण हडतालको नाममा उधोगमा कर्मचारी र मजदुरले गरने गरेका आन्दोलनहरु लाई न्युनीकरण गरेर देखाएका र बिना कारण उधोगमा आएर हाजीरमात्र गरेर जाने कर्मचारीहरु लाई आफुले चेतावनी समेत दिईसकेको र हुने राजनीतिक नियुक्ति, मजदुर आन्दोलन र कर्मचारीको समस्या न्यूनीकरण हुँदै गएको तथा पछिल्लो समय कर्मचारी तथा मजदुरमा पनि कडा अनुशासन लगाइएको छ ।

काम नगर्ने कर्मचारी तथा मजदुरलाई राजीनामा दिन र अवकाश दिलाउने सम्मका कारवाही गरिएकाले हाल आयर काम संचालन गर्ने को र उधोगका पाटपुर्जाको मर्मत सम्भारका लागी आफुले भारत बाट समेत एक बिज्ञ टोली लाइ बोलाएर यसै महिनको शुरुबाट सबै पाटपुर्जाको मर्मत सम्भार गरीसकेको हुनाले अब सरकार बाट बजेट पाउने र सो रकम बाट हाल भएको जनशक्ति र आबश्यक प्राबिधिक टोली समेत थप गरेर भएपनी यस उदयपुर सिमेन्ट उधोग लाई नेपालकै नमुना उधोग को रुपमा ल्याउनको लागी आफु हरेक कुरामा चासो दिएर लागीरहेको र यस उधोग लागी नीजीकरण हुनबाट आफुले जोगाएको  आफु उधोगमा कार्यरत रहेसम्म उधोग लाई नीजीकरण हुन नदीने बताए।

उधोगले उत्पादन क्षमता बढाउनको लागी बोलपत्र को माध्यमबाट चुनढुगां र बाटो मर्मत को ठेक्का समेत लगाई काम शुरु गरीसकेको र उधागबाट उत्पादन हुने सिमेन्टको मार्केटमा समेत प्रचार प्रसार गर्नेकाम समेत गरीरहेको उनले भने।

गैडा छाप सिमेन्ट को बजारमा बेग्लै पहिचान छ तर पनी कतीलाई यसबारेमा थाहा नहुने कारणले गर्दा अरु सिमेन्टको पनी खपत भईरहेको हुदाँ यसलाई बजारमा अझै यसको फाईदाका साथै बलीयो र भरपर्दो भएको कुरालाई जनमानसमा पुराउनको लागी आफुले सबै कीसीमको कदम चालेको , यसै अनुसार काम र उत्पादन हुदै गएमा उधोगको लागी अझपनी ६ करोड ९० लाख मेट्रीक टन चुनढुगांको खानी सुरक्षित रहेकोले उधोगको उत्पादन क्षमता दैनीक ८१५ टन सम्म उत्पादन गर्ने सक्ने बनाएर यस उधागको फाईदा सरकारलाई, उदयपुर बासी सबैको हीतमा हुने भएकाले यसकामका लागी सरकारले सम्म लगानी सुरक्षीत भएको महसुस गर्ने सक्ने गरी काम गर्ने ।

उधोगको हित बिरुद्द काम नगर्ने समयमा उपस्थित नहुने र उधोगलाई राजनीतीक तरीकाले काम गर्ने जो सुकै कर्मचारी लाई पनी आफुले कारर्बाही गरेर घर पठाउन समेत पछि नपर्ने उनले बताए।