कम्युनिष्ट सरकारको सरोकार : सामाजिक, सांस्कृतिक र भाषिक सुधार-निर्मल भट्टराई

२०७४ फागुन २९ मंगलवार
NewsDesk ShikharNews

कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले सूत्रबद्ध गरेको द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादी सिद्धान्तलाई स्वीकार गर्दै जीवन र जगतलाई हेर्नेप्रत्येक बामकार्यकर्ताको प्रारम्भिक स्वीकृति हो । यसमा बहस गर्नु एउटा कुरा हो, यसलाई व्यवहारमा उतार्नु अर्कै कुरा हो । हजारौं वर्ष अगाडि देखि अस्तित्वमा रहेको अध्यात्मवादी दृष्टिकोण बोकेर अगाडि बढिरहेको सन्दर्भमाविकसित यो विश्व दृष्टिकोणले संसारमा ल्याएको परिवर्तनलाई आत्मसातगर्दै आफ्नो जीवनलाई समेत सोही अनुरुप परिवर्तन गर्नु अग्रगामीहरुकोआमचरित्र भित्र पर्दछ ।

एउटा विशिष्ट चेतनाले पदार्थको सृष्टि गरेको मान्यता राख्ने अध्यात्मवादले त्यस्ता विशिष्ट चेतनाको पूजक बनायो र हजारौं लाखौं मानिसहरुलाई केही मुट्ठीभर शाषकहरुको दास बनाउने प्रयत्न गर्यो । यसको ठीक विपरीत भौतिकवादी दृष्टिकोणले पदार्थको सबभन्दा विकसित मष्तिष्कको गुणको रुपमा चेतनालाई परिभाषित गर्यो । चेतनालाईकुनै अलौकिक विषयवस्तु नभएर पदार्थको गुणको रुपमा परिभाषितगरियो । तर भौतिकवादी दृष्टिकोणका अनुयायी भएर अध्यात्मवादी संस्कारलाई पछ्याउने वामशीर्षनेतादेखि कार्यकर्ता सम्म चलन हटेको देखिंदैन ।भौतिकवादी दृष्टिकोणलाई केबल भाषण गर्ने विषयवस्तु बनाउने तर पुरानै बनिबनाउ हिन्दु व्यवहारको अवलम्ब नगर्ने चलनचल्दै आएको छ । मानवीयता, आत्मीयता, दयाभाव, करुणा अध्यात्मवादका अंगहोइनन्, बरु तिनीहरु मानव चेतनाकाअंगहरु हुन् ।

मानव चेतना नै भौतिक बस्तुको उपजभए पछि जीवनलाई अलौकिकता र रहस्यसंग जोडेर बुझ्ने पुरानो तरिकामाआमूल सुधार हुनुपर्ने नै भयो । भौतिकवादले मानवीयता, आत्मीयता, करुणाजस्ता पक्षलाई वास्तागर्दैन भन्नु पनिदृष्टिकोणको दिवालियापन बाहेक केहीहुन सक्दैन । दृष्टिकोणमा परिवर्तन नभए सम्म सामाजिक रुपान्तरणका मुद्धालाई अघि बढाउन कठिन हुने मात्रहोइन, कहिलेकाहीं अवरोध सिर्जना हुने खतरा उत्पन्न हुन्छ ।  मानिसको जीवनमाविचारको पक्ष सबभन्दा महत्वपूर्ण पक्षहो । एक जना चिनीया दार्शनिकले विचारलाई उच्च प्राथमिकता दिंदै भनेका छन् “आफ्नो विचारको ख्याल गर किनभने तीशब्द बन्दछन्, शब्दहरुको ख्याल गर किनभने तीकार्य बन्दछन्, कार्यहरुको ख्याल गर किनभने तीबानी बन्दछन्, बानीहरुको ख्याल गर किनभने ती चरित्र बन्दछन् , चरित्रहरुको ख्याल गर किनभने तीभाग्य बन्दछन् र भाग्य नै तिम्रो जीवनहुनेछ ।

”माओत्से तुङले सिद्धान्त र व्यवहारको सम्बन्धलाई प्रष्ट पार्दै भनेका छन् “सिद्धान्त विनाको व्यवहार अराजक हुन्छ, व्यवहार विनाको सिद्धान्त लङ्गडो हुन्छ ।” यी भनाईमा फरक मत राख्ने ठाउँ छैन । द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई आफ्नो जीवनको मार्गदर्शक सिद्धान्त बनाउनेले त्यसको ठीक विपरीत कित्तामा रहेकोअध्यात्मवादी व्यवहार गर्न सुहाउँदैन ।सिद्धान्तमा भौतिकवादी व्यवहारमा अध्यात्मवादीबन्दा  दोहोरो चरित्र देखिन्छ । सकेसम्मयस्ता विषयमाप्रगतिशील व्यक्तिहरुको सन्तुलित व्यवहार अपेक्षित छ । तर समाजमागरिने धार्मिक शिष्टाचार र लोकाचार छुट्टै विषयहुन् ।
संस्कृतिलाई अर्थनीति र राजनीतिको प्रतिविम्बको रुपमा परिभाषित गरिएको छ । राजनीति र अर्थनीति चाँडै परिवर्तन हुने तर संस्कृतिको परिवर्तन अत्यन्त मन्द गतिमाहुने यथार्थलाई हेर्ने हो भने नेपालमाभएको राजनीतिक–आर्थिक परिवर्तनसंगै सांस्कृतिक परिवर्तनको अपेक्षा राख्नु हतार हुनेछ ।

सांस्कृतिक परिवर्तन व्यक्तिमाआउने परिवर्तनको समुच्चय भएकोले नयाँ सस्कृतिको निर्माण गर्न हामीले विशेष कार्ययोजना निर्माण गरी पहलकदमी गर्नु पर्ने आवश्यकता छ । परिवर्तित सन्दर्भमा ज्ञान र भावको सम्प्रेषण गर्नु नेतृत्वको दायित्वभित्र पर्दछ । सयौंवर्ष पहिले राजामहाराजाहरुले आफ्नो स्वार्थ वा मनोरञ्जनको निमित्त सुरु गरिएका कतिपय संस्कृतिहरुको समय सापेक्ष परिवर्तन गर्न व्यक्तिगत एवं राजकीय हस्तक्षेप आवश्यक छ । समृद्धसमाजवादी राज्यव्यवस्था र उत्पादन सम्बन्ध निर्माण गर्न सामन्ती संस्कृति बाधकहुने निश्चितप्रायः छ । नेपालका बामशक्तिले सांस्कृतिक परिवर्तनका विशेष नमूनाहरु देखाउनु र जनतालाई अभिप्रेरित गर्नु ढिला भइसकेको छ ।

विगतका शासनव्यवस्थाले जनजिब्रोमा पुर्याइ दिएका विभिन्न शब्दावलीहरुको नयाँ शासन व्यवस्थामा समेत प्रचुर मात्रामा प्रयोग भइरहेको छ । एउटा कम्युनिष्ट पार्टीका स्थानीय नेताले प्रतिनिधिसभाको निर्वाचनमा भाषण गरे “नेपालअधिराज्यमा स्थापित संघीय लोकतान्त्रि गणतन्त्रलाई संस्थागतगर्न अग्रगामी संविधानको आवश्यकता भएकोले सो आवश्यकता पूरा गर्न हाम्रो पार्टी विजयीहुनु आवश्यक छ । ”ती नेतालाई अधिराज्य र गणतन्त्र छुट्टै शासनव्यवस्था हुन् नेपालअधिराज्यबाट गणतन्त्रमा फेरिएको एक दशकभयो भन्ने हेक्काभएन ।

कुनै दिनविशेष समय लिएर प्रतिनिधिसभा र प्रदेशसभाका सांसदले भाषण गर्दा “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानजारी भइसकेकोले अब नेपालअधिराज्यको तीब्रआर्थिक संवृद्धि र विकास संभव छ” भनेमाआश्चर्य हुने छैन । नेपालबाट राजतन्त्रको अन्त्यभइसके पछि आइबक्स्यो, ज्युनार गरिबक्स्यो जस्ता अति आदरार्थी शब्दहरु नेपाली शब्दकोषबाट हटाइयो, पाठ्यक्रमबाट हटाइयो । तर, तीशब्दहरु आज नेताहरुको चाकडी गर्न धेरैले प्रयोग गरिरहेकै छन् । नेताहरु पनि आपू प्रतिप्रयोग गरिएका यस्ता शब्दावलीबाट प्रफुल्लित नै देखिन्छन् । २०६२ । ०६३ को जनआन्दोलनमा सडकमा गणतन्त्रको चर्को नारा लगाउने स्थानीय कम्युनिष्ट नेताकार्यकर्ताले खानाखाने बखत अप्सानीहाल्दा,“भूपतये स्वाहाः, भूवनपतये स्वाहाः”भने होलान् ? राजा हटाउने अनिउनैलाई सम्झेर खाना चढाउने !

नयाँ शासन व्यवस्था अनुरुपको भाषिक परिवर्तन आजको आवश्यकताहो। वामआन्दोलनले यो असंगतिलाई हटाउन पहलगर्नु आवश्यक छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले मरेपछि स्वर्ग जाइन्छ भन्ने जीवनभर कहिल्यै सोचेनन् तर उनी मरेपछि स्वर्गीय पुष्पलाल भनेर भन्नथालियो ।हामीसंग भाषा त्यस्तै थियो त्यसै गरियो । यसमा मात्र असंगति के हो भने आत्मा र स्वर्ग भौतिकवादी शब्द कोषमा पर्दैनन् । आत्मामा, ईश्वरमा र कुनै धर्ममा खुलेर विस्वास गर्न पाइन्छ । लोकतन्त्रले यसमा कसैलाई रोकतोक गर्दैन । तर भनाई र गराईमा तालमेल नभए नेताकार्यकर्ता प्रति जनताको विश्वासको पारो घट्छ भन्ने आशयहो यो । नेतृत्वको सांस्कृतिक, भाषिक व्यवहार समाजले अनुशरण गर्न योग्यहुनु त्यत्तिकै आवश्यक छ । देशभर सञ्चालन हुने सांस्कृतिक चाडपर्व, रीतिरिवाज र संस्कारका वैज्ञानिक पक्षहरु र परिवर्तित सन्दर्भमा असान्दर्भिक पक्षहरुलाई केलाएर असान्दर्भिक र अव्यवहारिक पक्षलाई हटाउने साहस सामाजिक रुपान्तरणका अभियन्ताहरुले गर्न सक्नु पर्दछ ।

नेपालमा समाजवाद उन्मुख लोकतान्त्रिक शासन व्यवस्था सगैं नयाँ संस्कृति निर्माण हुनु अति जरुरी भइसकेको छ । नेतालाई देवत्वकरण नगर्ने, सबैको उचित सम्मानगर्ने, जनतालाई मालिक ठान्ने, सार्वजनिक जीवनमा भड्किलोपन नदेखाउने जस्ता व्यवहारले नयाँ संकृतिको शुरुवातगर्न सक्छन् । दुई तिहाइभन्दा बढी समर्थन बटुलेर बनेका संघीय र प्रादेशिक सरकार कम्युनिष्टहरुको बनेको यो ऐतिहासिक क्षणमा अब आर्थिकमात्र होइन, सामाजिक, सांस्कृतिक र भाषिक क्षेत्रमा समेत जनताले अनुभूतगर्न सक्ने परिवर्तनको खाँचो टड्कारो भएर अगाडि आएको छ । सामाजिक , सांस्कृतिक र भाषिक क्षेत्रमा बचेखुचेको सामन्तवादलाई निर्मूल पार्न सबैको सकारात्मक पहल वान्छनीय छ ।