मृतकका आफन्त बोकेर बंगलादेशबाट उड्यो जहाज !

२०७४ फागुन २९ मंगलवार
NewsDesk ShikharNews

काठमाडौं, फागुन २९ – सोमबार काठमाडौंमा भएको यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका आफन्त बोकेर बंगलादेशबाट जहाज काठमाडौंका लागि उडेको छ ।

४६ जना आफन्त र ७ जना सरकारी अधिकारी बोकेर यूएस बंगलाको विशेष विमान हजरत सहजलाल विमानस्थलबाट काठमाडौंका लागि उडेको बंगलादेशी सञ्चारमाध्यम ढाका ट्रिब्यूनले जनाएको छ ।

सोमबार काठमाडौंमा भएको जहाज दुर्घटनामा ५० जनाको ज्यान गएको थियो । चालक दलका सदस्यबाहेक दुर्घटनामा २१ जना बंगलादेशी नागरिकको ज्यान गएको पुष्टि भएको छ ।