ट्राफिक कन्ट्रोल रुमकाे गलत सुचनाका कारण दुर्घटना भयाे – कार्यकारी निर्देशक (युएस बंगला एयरलाईन्स)




२०७४ फागुन २९ मंगलवार
Newsdesk Shikharnews

काठमाडौं,२९ फागुन । युएस बंगला एयरलाईन्सका प्रमुख कार्यकारी निर्देशक (सिईओ) ईमरान असिफले नेपाली विमानस्थलका कर्मचारीले गलत सूचना दिएका कारण विमान दुर्घटना भएको दावी गरेका छन् ।

आफ्नो एयरलाईन्सको प्लेनको प्राविधिक अवस्था ठिकठाक रहेको दावी गर्दै उनले ट्राफिक कन्ट्रोल रुमका कर्मचारीले पाईलटलाई गलत सूचना दिएको बताए ।

ढाकाको बरिधारास्थित युएस बंगला एयरलाईन्सको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिईओ असिफले एयर ट्राफिक कन्ट्रोलरले विमानलाई ‘मिस गाईड’ गरेको आरोप लगाए ।

कन्ट्रोल रुमको निर्देशन अनुसार विमान कताबाट अवतरण गर्ने भन्ने कुरा पाईलटहरुले थाहा पाउन नसकेको उनले बताएको द डेली स्टारले समाचार छापेको छ ।