वैज्ञानिक स्टीफन हकिङको निधन

२०७४ फागुन ३० बुधवार
Newsdesk Shikharnews

काठमाडाै, ३० फागुन । विश्वप्रसिद्ध वैज्ञानिक स्टीफन हकिङको निधन भएको छ ।

२१ वर्षको उमेरमा मोटर न्यूरोन नामक असाध्य रोगको शिकार बनेका वैज्ञानिक हकिङ ७६ वर्षका थिए ।

बेस्टसेलर बुक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’का लेखक ब्रिटिस साइन्टिस्ट स्टीफन बोल्न सक्दैनथे, ह्वीलचेअरको सहारामा रहन्थे र पनि अत्यन्त आत्मविश्वासी थिए । क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रह्माण्ड विज्ञान केन्द्र (सेन्टर अफ थियोरेटिकल कोस्मोलोजी)का शोध निर्देशकसमेत रहिसकेका स्टीफनको सम्झना एक महान वैज्ञानिकका रुपमा सदा भइरहने छ ।

असाध्य रोगको शिकार भई अपाहिज बनेपछि पढाईमा विशेष ध्यान दिएर उनले अनेक रिसर्च शुरु गरेका थिए ।