बालुवाटारमा खुल्यो गोठालो, बाबुरामले गरे उद्घाटन






२०७४ चैत ४ आइतवार
Newsdesk Shikharnews

काठमाडौं, ४ चैत  । राजधानीको बालुवाटारमा गोठालो रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

करिब ५० लाख रुपैयाँको लागतमा बालुवाटारमा उक्त रेस्टुरेन्ट सञ्चालनमा आएको हो ।
६० जनालाई एकैपटक सर्भिस दिन सकिने प्रशस्त स्थान रहेको रेष्टुरेन्टमा बारबिक्यू र थकाली नेपाली खाना पनि पाइने रेस्टुरेन्ट सञ्चालक रोशन देवकोटाले जानकारी दिए ।

रेष्टुरेन्ट सञ्चालनमा काम गर्दै आइरहेका देवकोटासहित गोरखा फुजेलका बद्री सापकोटा र सुजन सापकोटा समेत गोठालोका सञ्चालक हुन् । यो रेष्टुरेन्टमा भीआईपी कर्मचारीहरु पनि आउने सञ्चालक बद्री सापकोटाले जानकारी दिए ।

पार्किगंको राम्रो सुविधा रहेको रेष्टुरेन्ट शान्त र स्वच्छ वातावरणमा रहेको छ ।
बाबुरामद्धारा उद्घाटन
शनिबार साँझ रेष्टुरेन्टको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले गरेका हुन् ।

भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद समेत हुन् ।

भट्टराईले स्वदेशमै रहेर युवाहरुले प्रसंशनीय काम गरेको समेत बताए । उनले भने, यस्तो कामले म धेरै खुसी छु ।

भट्टराईले विदेशमा पलायन हुनुको सट्टा स्वदेशमै स्वरोजगार बन्ने अठोटका साथ गोरखाका उद्यमी युवाहरुद्धारा सुरु गरिएको रेष्टुरेन्टलाई सफलताको शुभकामना समेत दिएका छन् ।