‘उही खोलीमा पानी’ टिमले काट्यो केक

२०७४ चैत ५ सोमवार
Newsdesk Shikharnews

काठमाडौं,५ चैत । लोक दोहोरी गीतको क्षेत्रमा वर्ष भरीमा हजारौंको संख्यामा गीतहरु उत्पादन भएर बजारमा आउँछन् । त्यसरी बजारमा आएका गीतहरु मध्ये केही गीतहरु मात्रै चर्चामा आउन सफल हुन्छ । चर्चामा आएका गीतहरु मध्ये कतिपय छोटो समयको लागि चर्चामा रहन्छन् र हराउँछन् तर केही गीतहरुले यसरी श्रोताको मन मस्तिष्कमा गहिरो छाप छोड्छन् कि लामो समयसम्म ती गीतहरु कालजयी बनेर दर्शक श्रोताको मानस पटलमा ताजा बनेर रहन सफल हुन्छन् ।

अहिले बजारमा त्यस्तै एउटा सुपरहिट गीतले तहल्का मच्चाईरहेको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं लोकप्रिय गायक राजन गुरुङ र सुमधुर स्वरकी धनि चर्चित गायीका देवी घर्तीको स्वरमा रहेको कर्णप्रिय गीत ‘उही खोलीमा पानी’ ले अहिले पनि सांगीतीक बजार तताईरहेको छ ।

छोटो समयमै युट्युबमा झण्डै ५४ लाख भ्यू कमाईसकेको छ । अपलोड गरेको समयमा यो गीत ट्रेण्डिङमा पर्न सफल रहेको गायक गुरुङले जानकारी दिए । उनले भने, ‘दैनिक गीतका दर्शकहरु बढ्ने क्रममा छन् ।’गायक गुरुङ भन्छन्– नेपाली मौलिक लोकगीतले लोकदोहोरी गीतकै इतिहासमा सर्वाधिक दर्शक (५३लाख ) बनाउन सफल भएको छ ।
सो अवसरमा आइतबार लैनचौरस्थित दरबार दोहोरीमा भव्य कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा लोकगीत क्षेत्रका सम्पूर्ण गायक÷गायिकालगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

युट्युबमा ५४ लाख भ्यू पुगेको खुसीयालीमा ‘उहि खोलीमा पानी’ गीत निर्माण टिमले ५ पाउण्डको केक पनि काटेको थियो । कार्यक्रममै गुरुङलाई धेरैले बधाई तथा शुभकामना दिएका थिए ।
नयाँ र फरक स्वादको मौलिक लोक दोहोरी गीत ‘उही खोलीमा पानी’ का शब्द संयोजक केशव पौड्याल हुन् भने गीतमा संगीत संयोजन आशिष अविरलको रहेको छ ।

चर्चित संगीतकार वसन्त थापाको लय रहेको गीतको भिडियो निर्देशन लोकप्रिय निर्देशक बब्बु थापाले गरेका छन् । अभिनयमा गायक राजन गुरुङ र संगीतकार वशन्त थापालाई चर्चित मोडलद्वय रश्मी तामाङ र करिष्मा ढकालले साथ दिएका छन ।
करन चैसीरको सिनेम्याटोग्राफी र प्रविन भट्टको भिडियो एडीट रहेको उक्त गीत ब्रर्दश ईन्टरटेन्टमेन्ट कम्पनीबाट बजारमा आएको छ ।