जब प्रतिस्प्रधि डिआइजी कार्कीले आइजीपी खनाललाई सल्युट हाने…






२०७४ चैत ३० शुक्रवार
Newsdesk Shikharnews

काठमाडौं, ३० चैत । नवनियुक्त आइजीपी सर्वेन्द्र खनाल, डिआइजी पुष्कर कार्की र डिआइजीबाट भर्खरै राजीनामा दिएका रमेश खरेल तीनै जना हितेसी मित्र हुन् ।

एउटै व्याचमा इन्सपेक्टरबाट प्रहरी सेवा सुरु गरेका खनाल र कार्की अनि १ बर्षअघि खेलाडीको रुपमा प्रवेश गरेका खरेल यतिबेला भने बेग्ला बेग्लै भएका छन् ।

एसएसपी हुँदासम्म पहिलो नम्बरमा रहेका खरेल डिआइजीमा बढुवा हुँदा दोस्रो नम्बरमा परे । वरियतामा दोस्रो नम्बरमा रहेका सर्वेन्द्र डिआइजीमा बढुवा हुँदा पहिलोमा उक्लिए । भने पुष्कर तेस्रोमा नै सीमित रहे । यो कार्य सम्पादन मुल्यांकन गर्दा भएको वरियता हो ।

त्यही आधारमा सर्वेन्द्र नेपाल प्रहरीको प्रमुख (आइजीपी) भएका छन् । भने कार्की डिआइजी नै छन् । केही दिनपछि नै उनी एआइजी हुनेछन् र अन्यथा नभए कार्कीले एआइजीबाट नै २२ महिनापछि घर फर्किनु पर्नेछ ।

आइजीपी सर्वेन्द्रले भने बिहीबारबाट पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण कार्यक्रम रहेको स्थान प्रहरी हेडक्वाटरमा सबै अधिकारीले उनलाई फूल र गुच्छाले स्वागत गरे । सर्वेन्द्रलाई आफुभन्दा सिनियर डिआइजीहरुले समेत स्वागत तथा सल्युट गरे । त्यही लाईनमा हरेका डिआइजी तथा मित्र कार्कीले पनि सर्वेन्द्रलाई सल्युटसहित फूलको गुच्छा प्रदान गरे र मुस्कान दिएर स्वागत गरे ।

कार्कीले सर्वेन्द्रलाई जब सल्युट हाने त्यसवेला सर्वेन्द्र निरुत्तर रहे भने कार्कीले सल्युट नगरेकाबेला चाँही उनले सल्युट गरे । मानौं उनी मित्रको सम्मानमा सल्युट फर्काउँदैछन् । अर्थात सुरुमा उनले सल्युटको साटो अलिकता हात हल्लाए जस्तो मात्र गरे । र, पछि सल्युट फर्काइदिए पनि । यो दृश्य आम रुपमा सामान्य जस्तै हो ।

हरेक ब्याचमा यस्तो दृश्य देखिन्छ नै । तर दुई मित्रको सल्युट आदान प्रदान गरेको दृश्य उपस्थित प्रहरीकालागी भने रोमाञ्चक बन्यो । किन भने डिआइजी कार्की पनि आइजीपीका प्रवल दावेदार थिए ।

यसअघि नै आफ्ना मित्रलाई सिनियर मानेर बुट बजार्नु पर्ने भएपछि अर्का मित्र डिआइजी रमेश खरेलले राजीनामा दिएर वाहिरी सकेका छन् । त्यही भएर पनि पुष्कर कार्कीमा सबैको ध्यान अडेको थियो ।

सायद कार्कीले पहिलो पटक सर्वेन्द्रलाई सल्युट ठोकेका थिए । तर अब हरेक भेटमा सर्वेन्द्रले कार्कीको सल्युट खानेछन् । आखिर प्रहरीको जागिर हो, सिनियर र जुनियरको बीचमा ठूलो खाडल हुन्छ नै ।

आफुभन्दा ठूलाको सम्मानमा सल्युट हानिन्छ । त्यस्तै सल्युट हान्नुको अर्को अर्थ उनीहरुको साथमा कुनै हतियार छैन् वा उनीप्रति विश्वास गर्न सकिन्छ भन्ने पनि हो । यस अर्थमा पनि सल्युट महत्वपूर्ण छ, सुरक्षा क्षेत्रमा । तर रोमाञ्चक मानियो, डिआइजी कार्कीको सल्युट । अनुमान गर्न सकिन्छ, उनीहरु प्रहरी सेवामा रहुँञ्जेलसम्म हरेक दिनको पहिलो भेटलाई क्रेजकै रुपमा लिने छन्, अन्य प्रहरी र प्रहरीका शुभचिन्तकहरुले