टंगालमा प्रभु बैंकको नयाँ शाखा




२०७५ वैशाख २ आइतवार
Newsdesk Shikharnews

काठमाडाै, २ वैशाख । प्रभु बैंककाे शाखा कार्यालय स्थापना भएकाे छ ।

काठमाण्डौ महानगरपालिका वडा नं.५ टंगालमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको हाे ।

बैंकको टंगाल शाखा कार्यालय बैंकका संचालक अम्बिका शर्मा लामिछानेले एक समारोहका विच समुद्घाटन गरेकी थिएन

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा स्थानान्तरण गरिएको  बैंकले जनाएकाे छ ।

टंगालमा बैंक शखा खुले पछि उक्त स्थानका ग्राहकहरुले सरल र सहजरुपमा आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।