इन्दिरा जोशीकी ‘गर्लफ्रेन्ड




२०७५ वैशाख ३ सोमवार
Newsdesk Shikharnews

काठमाडाै, ३ वैशाख । नेपाल आइडलकी निर्णायक एबम लोकप्रिय पप गायिका इन्दिरा जोशीको नया गीत सार्बजनिक भएको छ ।

नेपाली नया बर्षको पुर्बसन्ध्यामा अस्ट्रेलीयाबाट रिलिज गरिएको जोशीको ‘गर्लफ्रेन्ड ‘ गीतको फिचिरंग स्वरमा सुनोद श्रेष्ठले उनलाई साथ दिएका छन्।’गर्लफ्रेन्ड’ मा गायिका जोशीको नै शब्द र संगीत रहेको छ ।

मेलवर्नको सुन्दर दृश्यहरु कैद गरिएको ‘गर्लफ्रेन्ड’ को म्युजिक भिडियोमा सुनोद श्रेष्ठ ,प्रिया मिश्र, एन्जी मुल्मीश्रेष्ठ लगायतका साथीहरुको अभिनय रहेको छ ।

अस प्रोडक्सनकाको क्यामेरा र सम्पादन रहेको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन
सुनोदले यस अघि अस्ट्रेलीयाबाट निर्मण र प्रशारण भैरहेको टि भी सीरिजहरु र म्युजिक भिडियो हरुमा अभिनयको गरेका छन् एस इभेन्ट्सका डाइरेक्टर समेत रहेका अस्ट्रेलियाको मेलबर्न निवासी श्रेष्ठले म्युजिक भिडियो मेकिङ्ग लगायत विभिन्न म्युजिकल इभेन्ट्सहरु नेपाली एक्पोहरुको साथै प्रोडक्सनका कामहरु गर्दै आउनु भएको छ ।