चलचित्र ‘बेबी आई लभ यू’ को दोस्रो पोष्टर सार्वजनिक

२०७५ वैशाख ३ सोमवार
NewsDesk ShikharNews

काठमाडौं । लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘बेबी आई लभ यू’ को नयाँ (दोस्रो) पोष्टर सार्वजनिक भएको छ । चलचित्र ‘बेबी आई लभ यू’ जेठ १८ गतेबाट देशभर प्रर्दशनमा आउनेछ ।

चलचित्रमा लिची इन्टरटेन्मेन्ट प्रा.लि.का प्रोपाइटर समेत रहेका शिव न्यौपानेको लगानी रहेको छ भने जनक पाण्डेको निर्देशनमा बनेको चलचित्रमा सह–निर्माता सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन् ।

चलचित्र ‘बेवी आई लभ यू’ फरक लभ स्टोरीमा बनेको चलचित्र रहेको निर्माता न्यौपानले जानकारी दिए । न्यौपानेका अनुसार चलचित्रमा सन्तोष खड्गी र पूजा तिवारी मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

उनीहरुसँगै अभिनेता सरोज खनाल र कलाकार निर्मल शर्माको पनि मुख्य भूमिका छन् । त्यस्तै चलचित्रमा राजु कमेडी ‘रेन्बो’, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी र किरण के. शर्मालगायत लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मको कथा र संगीत नायक खड्गीको आफ्नै हो । फिल्मको छायाँकन मुस्ताङ, पोखरा र राजधानीमा गरिएको छ ।

काटुञ्ज क्रु फिचरिङ फिल्ममा समावेश ‘कान्छी मायालु’ बोलको गीत सार्वजनिक भैसकेको छ । केही समयअघि राजधानीको युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै पहिलो पोष्टर सार्वजनिक गरिएको थियो ।