सरकारले अधिनायकवाद शुरु गरिसक्यो: देउवा




२०७५ वैशाख ३ सोमवार
Newsdesk Shikharnews

चितवन, ३ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन ।

भरतपुर विमानस्थलमा साेमवार पत्रकारहरुसँग कुरा गर्दै  देउवाले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए ।

देउवाले भने, “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भन्नुभयो, “अब विकास गर्छन्, अधिनायकवादको ।”

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उहाँले काम हेर्ने बताउनुभयो । “शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,” उहाँले व्यङ्ग्य गर्दै भन्नुभयो, “कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।”

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उहाँले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताउनुभयो । उहाँले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताउनुभयो