एमालेले बोलायो, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिको बैठक




२०७५ वैशाख ३ सोमवार
Newsdesk Shikharnews

काठमाडौं,३  वैशाख   । नेकपा एमाले र माओवादी केन्द्रको एकतामा शंका उत्पन्न भैरहेको बेलामा २०७५ बैशाख ४ गते बिहान नौ बजे वाम पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको खबर छ।

एमालेले आज २०७५ बैशाख ३ गते बेलुका ५ बजेका लागि नेकपा (एमाले स्थायी कमिटीको बैठक बोलाएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी संमितिको बैठक बस्दै छ।

नेकपा एमालेले २०७५ बैशाख ६ गते पोलिटब्युरो र बैशाख ७ गते केन्द्रीय समितिको बैठक बोलाएकाले वाम पार्टी एकताको विषयमा छलफल हुने विश्वास गरिएको छ।

२०७५ बैशाख ९ गते अगाडि नै स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिको बैठक लगातार बस्ने भएकाले वाम पार्टी एकताको विषय टुंगोमा पुग्ला कि भन्ने विश्वास बढ्न थालेको छ।