युवा संघकाेअध्यक्ष बाट राजीनामा दिँदै पहारी






२०७५ वैशाख ३ सोमवार
Newsdesk Shikharnews

काठमाडौँ, ३ वैशाख । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले अध्यक्ष पदबाट राजीनामा दिने भएका छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीसँग सोमबार दिउँसो भएको छलफलपछि पहारी राजीनामा दिन तयार भएका हुन् ।

ओलीले सोमबार दिउँसो पहारीसहित उपाध्यक्ष राजु गुरुङ र पूर्व अध्यक्ष महेश बस्नेतसँग एक्लाएक्लै र सामूहिक छलफल गरेका थिए ।

ओलीले जेठ १, २ र ३ गते महाधिवेशन गर्न निर्देशन दिएका थिए तर महाधिवेशन गर्न नसकिने र नेतृत्व फेर्नुपर्ने पक्षमा बस्नेतसहित युवा संघ ईन्चार्ज निरु पालले अडान लिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार ओलीले युवा फाँट ईन्चार्ज महेन्द्र पाण्डेसँग पनि परामर्श गरेका थिए ।

भावी नेतृत्वमा दिलु पन्त, राजु गुरुङ, रमेश पौडेल, नरेश शाहीको दावी छ । यसैबीच युवा संघ नेपालको केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्दैछ ।

बैठकमा ओली उपस्थित हुने बताइएपनि अन्तिम समयमा उपस्थिति हुन नसक्ने जानकारी गराएका छन् ।