वैशाखमै होला एकता! एमाले-माओवादी संयोजन समितिको वैठक बस्दै




२०७५ वैशाख ४ मंगलवार
Newsdesk Shikharnews

काठमाडौं, ४ वैशाख
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताबारे टुंगो लगाउन आज संयोजन समितिको वैठक बस्ने भएको छ । संयोजन समितिको वैठकसँगै दुई पार्टी बीच एकीकरण प्रक्रियाबारे निर्णायक वार्ता हुने भएको छ ।

ऋाज मंगलबार हुने वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

सोमबार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता भएको थियो । दुवै नेताले आज केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् ।
सोमबार भएको एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै एकता गर्ने निर्णय गरिसकेको छ ।
एमाले र माओवादी केन्द्रबीच करिब दुई सातासम्म पार्टी एकताबारे संवाद नहुँदा अन्यौल देखिएको थियो । दुई पार्टी बीच कार्यकर्ता व्यवस्थापन गर्न गाह्रो भएको कुरा सार्वजनिक हुँदै आएको छ ।