यि निर्णय गर्दै कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठक सम्पन्न




२०७५ वैशाख ४ मंगलवार
Newsdesk Shikharnews

सुर्खेत, ४ वैशाख ।  कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठक सम्पन्न भएकाे छ ।

मंगलवार प्रदेश राजधानी सुर्खेतमा बसेकाे  प्रदेश सरकार मन्त्रीपरिषद वैठक ले बिभिन्न ५ वटा निर्णय गर्दै  वैठक सम्पन्न भएकाे हाे ।

वैठकले गरेका निर्णयहरु … 
१) प्रदेश स्तरका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्वन्धि विधेयक २०७५ तर्जुमाको लागि आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने ।
२) पदेससभाका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्वन्धि व्यवस्था गर्न वनेको विधेयक २०७५ मा केही सुझावहरु सहित आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने ।
३) कर्णाली प्रदेशका गाँउसभा र नगरसभाको कानुन निर्माण प्रक्रियाको सम्वन्धी विधेयक २०७५ तर्जुमा गर्न आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने ।
४) संचित कोष संचालन नियमावली २०७५ पारित गर्ने ।
५) कर्णाली प्रदेश आकस्मीक कोष विधेयक २०७५को मस्यौदा स्वीकृत गर्ने ।