मेयर चढेको गाडी दुर्घटना, मेयरको अवस्था गम्भीर

२०७५ वैशाख ४ मंगलवार
Newsdesk Shikharnews

काठमाडाै, ४ वैशाख । पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटना भएको छ।

मंगलबार पश्चिम रुकुमको मेलैनाउलीबाट खोलागाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा शर्माको गाडी दुर्घटना भएको हो।

भएको दुर्घटनामापरी मेयर शर्मा गम्भीर घाइते भएका छन्। त्यस्तै गाडीमा सवार अन्य पनि घाइते भएका हुन्।

मेयर शर्माको कुमको जोर्नि भाचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको चौरजहारी उध्योग वाणिज्य सघका अध्यक्ष तेज बिष्टले जानकारी गराएका हुन्। मेएर शर्मालाइ अहिले चौरजहारि सामुदायिक अस्पतालमा उपचार गरिदै छ।