सदस्य मनोनित गरेसंगै एमालेमा विवाद चुलियो




२०७५ वैशाख ४ मंगलवार
Newsdesk Shikharnews

अस्बिन खडका, ४ वैशाख ।  नेकपा एमाले जिल्ला कमिटी उदयपरमा बिवाद सृजना भएकाे छ ।

सोमवार बसेको नियमित जिल्ला कमिटीको वैठकले २८ जना लाई जिल्ला कमिटीमा र केहि जिल्ला कमिटीमा रहेका जिल्ला सदस्यहरु लाई सचिवालयमाा मनोनित गरे पछि विवाद चुलिएको हाे ।

जिल्ला कमिटीको नियमित बैठकले विधान र कोरम विपरीत जिल्ला कमिटी थप गरेपछि विवाद भएकाे ।  नेकपा एमाले जिल्ला सचिवालय सदस्य खड्ग परीयारले बताए । परीयारका अनुसार ७६ जनाको जिल्ला कमिटी रहेको उदयपुरमा एक जना जिल्ला कमिटी सदस्यको मृत्यु भएको छ । कोरम पुग्न ३८ जना आवस्यक पर्छ।  अध्यक्ष, उपाध्यक्ष, सचिव तथा जिल्ला ईन्चार्जले एक लौंटी ढंगले मानोनित गरेका छन, त्यो विधान विपरित छ त्यसको विरोध आगामी बैठकमा जोडदार रुपमा हुन्छ ।

नियमति बसेको बैठकले विभिन्न नगरपालिका र गाउँपालिका हरुबाट नयाँ नाम जिल्ला कमिटीमा पेश गरे संगै एक लौटी ढंगबाट अध्यक्ष ईश्वर मणि राउत, उपाध्यक्ष विमल कार्की, सचिव परमेश्वर घिमिरे ले पेश गरेको नाममा नेकपा एमाले केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज बलदेव चौधरी सहितलेको समर्थन जनाउदै नयाँ अनुहार जिल्ला कमिटीमा मनोनित गरेपछि विवाद भएको  उनले बताए ।

सोमबारको वैठकमा कोरम नपुगे पछि आफुहरुले बैठकमा नोट अफ डिसेन्ट लेख्दै बैठक बहिस्कार गरका पनि बताए । बहुमत बिनाको निर्णय बाहिर सार्वजानिक गरीएकोमा यस्ता निर्णयले नेकपा एमाले लाई लज्जीत बनाएको छ ।

यता एक नेताले नाम नबताउने सर्तमा भने पहिलेका जिल्ला कमिटीमा रहेका साथीहरुले जिम्मेवारी नपाई रहेको अवस्थामा जुन नयाँ सदस्यहरु विधान र विधि विपरित मनोनित गरिएको छ त्यो नै गतल र अवौधानिक छ । त्यसको विरुद्दमा पार्टि अनुसन्धान आयोगमा उजुरी गर्छो उनले भने । एमाले र माओवादीको एकिकरण हुन लागेको छ ठुलो संख्या देखाउनका लागि अध्यक्ष, उपाध्यक्ष र सचिवले त्यसो गरेको हुनु पर्छ। । जुन गलत परीवाटी हो ।

भोलि माओावदी केन्द्रले पनि धेरै संख्यामा मनोनित गरे पाटी एकतामा अन्यौल आउने स्थिति हुन्छ । पार्टी उनिहरुको मात्र  पेवा होईन । त्यस निर्णयको बिरोध सुरु भईसकेको छ । यो निर्णय सच्चिएन भने समान्तर कमिटी समेत बन्ने संभावना रहेको छ ।

सोमबार बसेको बैठकले २८ जना लाई जिल्ला कमिटीमा मनोनित गरेको थियो भने सचिवालयमा मनोनित गरेकाहरु केहि पुराना जिल्ला सदस्य हुन भने केहि सोमबार मनोनित जिल्ला सदस्यहरु हुन। ७८ जनाको जिल्ला कमिटी सदस्य रहेको नेकपा एमाले जिल्ला कमीटी हाल १०३ जनाको कमिटी बनेको छ ।