आयुर्वेदिक अस्पतालका प्रमुख ३५ हजार घुससहित समातिए






२०७५ वैशाख ४ मंगलवार
Newsdesk Shikharnews

काठमाडाै, ४ वैशाख । नरदेवी आयुर्वेद अस्पतालका प्रुमख रामदेव यादव ३५ हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार अस्पतालमा अन द जव ट्रेनिङका लागि आएका ३५ जना विद्यार्थीबाट यादवले जनही एकहजार रुपैयाँका दरले घुस लिएका हुन।

आयोगको टोलीले यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।