अध्याराे केठाभित्र गरीएकाे पार्टी एकताकाे निर्णय सम्झाैता मात्रै हाे: मणि थापा




२०७५ वैशाख ४ मंगलवार
Newsdesk Shikharnews

(मणि थापा) नेपालको माओवादी आन्दोलनमा बेग्लै पहिचान बोकेका नेता । माओवादी परित्याग गरेर आफ्नो छुट्टै वैचारिक धारको नेतृत्व गरेका नेता थापा एकता प्रक्रियाअन्तर्गत फेरि माओवादी केन्द्रसँग जोडिए । यो सँगै उनले माओवादी आन्दोलनमा महत्वपूर्ण भूमिका बोकेको वाइसिएल नेपालको फ्रयाक्सन इन्चार्जको जिम्मेवारी बहन गर्दै आएका छन् । माओवादी भित्र प्रखर वक्ताको रुपमा चिनिने मणि थापासँग कम्युनिष्ट आन्दोलन र पार्टी एकताका विषयमा  लिएको अन्तर्वार्ताः

अहिले माओवादी केन्द्र र एमालेभित्र जस्तो जस्तो वर्ग उत्थान भइरहेको छ, र, यहाँ पनि धनी र गरीबबीच ठूलो फासला छ, असमानता छ । यहाँ पनि असन्तुलन छ, यस्तै असन्तुलन भइरह्यो भने संसारमा जसरी कम्युनिष्ट आन्दोलन विचलनमा गएका छन, यहाँ पनि त्यो घटना दोहोरिन्छ । एकता गरौं या नगरौं, यिनीहरुको विघटन हुन्छ । त्यसैले यो कम्युनिष्ट पार्टी विघन भएपछि दलाल नौकरशाही पूँजिवादले यसको ठाउँ लिन्छ । नाम जे लिएपनि, अहिले पनि नाम कम्युनिष्ट भएपनि यिनीहरु आधारभूत कम्युनिष्ट संरचना हैन, यी संक्रमणकालीन अवस्थामा छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनमा तपाई आफ्नो विशिष्ट पहिचान बनाउनु भएको छ । तपाईले फ्रयाक्सन इन्चार्जको जिम्मेवारी पाएको युवा लिगले एमालेसँगको एकता प्रक्रियामा फरक धारणा राखेको देखिन्छ । खासमा एकतामा यहाँहरुको न्यूनतम स्ट्याण्ड के हो ?

हामीले यो एकतालाई समग्र नेपालको भविष्यसँग जोडेका छौं । त्यो जोड्दा युवाको भविष्यको कुरा पनि हो । त्यसैले यो एकता क्रान्तिकारी बाटोबाट जान्छ अथवा यथास्थितिकै कोणबाट जान्छ भन्ने कुरा सबैले हेरेका छन् । हामी के चाहन्छौं भने यो एकता क्रान्तिकारी दिशामा जाओस् । त्यसैले यसमा युवाहरुको बढी चासो भएको हो ।

क्रान्तिकारी आन्दोलनको नेतृत्व माओवादीले गरेकोले क्रान्तिकारी आन्दोलनको रक्षासहित आगामी दिनमा देशलाई समाजवादमा लैजान पनि यो एकता पूर्ण होस भन्ने वैचारिक धरातलमा हामीले कुरा गरिरहेका छौं ।

अर्को कुरा माओवादी युवाहरुमा अझै पनि क्रान्तिकारी जोश, जाँगर र क्रान्तिको चाहना भएकोले अरु भन्दा हामी अलि भिन्न छौं । यो एकता क्रान्तिकारी र प्रगतिशील दिशामा जाओस भन्ने हाम्रो मुख्य भनाई हो ।

तर अहिले दुईवटा फरक वैचारिक धरातल भएका पार्टीबीच एकता भइरहेको छ, हिजो तपाईहरुले ‘यथास्थितिवादी’ भन्दै आएको शक्तिसँग तपाईहरुले एकता गर्दै हुनुहुन्छ । यसरी हेर्दा त यो एकता क्रान्तिकारी दिशामा जाने सम्भावना त न्यून देखिएन र ?

त्यसको फैसला अझै भइसकेको छैन । हामी नेपालमा अझै पनि राजनीतिक क्रान्तिको सम्पूर्ण चरण सकिएको छैन भन्ने मान्दछौं । सामाजिक आन्दोलनको चरण अझै पनि नसिद्धिएकोले त्यो बाँकी छ भन्ने हाम्रो मान्यता छ । । हाम्रो चाहना यो एकता पनि त्यतातिर जाओस् भन्ने हो । तर देशी विदेशी यथास्थितिवादीहरु भने यो एकता पूर्णतः संसदीय व्यवस्थाभित्रको एकताको रुपमा लिन चाहन्छन् । हामी यो संसदीय व्यवस्थाको यो अवस्थालाई समाजवादतर्फ लैजान चाहन्छौं । त्यसैले यहाँ दुबै धार छन् । यथास्थितिमैं टिकाइराख्ने धार पनि छ, क्रान्तिकारी धार पनि छ । यो सिद्धिएको छैन । त्यसैले कतै यो पार्टी एकताले विचलनतिर लैजाने त हैन भनेर हामीले खबरदारी गरिरहेका छौं ।

अहिले त वर्ग, विचार भन्दा पनि कसरी सकिन्छ शक्ति ९पावर० हत्याउने भन्ने देखियो । कसरी हुन्छ पावर हत्याउने र पावर भएपछि विचार हुन्छ ९विचारले पावर हैन कि पावरले विचार० भन्ने पो देखियो । त्यसैले शक्ति केन्दिीत अवस्थाले विचारलाई नजरअन्दाज गर्ने परिस्थिति बनेको छ । तर विचार बिना पार्टी र समाज चल्दैन ।

तर एमालेभित्र बहुदलीय जनवाद नै पार्टीको कार्यदिशा हुनैपर्ने मत बलियो रहेको छ । तपाईहरुको धारणा के छ यो राजनीतिक कार्यदिशाको बारेमा?

नेपालको कम्युनिष्ट आन्दोलनमा पञ्चायतकालपछि नेपालमा सम्वैधानिक राजतन्त्रभित्र वामपन्थी आन्दोलनलाई कसरी स्थापित गर्ने सवालबाट बहुदलीय जनवाद जन्म्यो । राजतन्त्र अन्त्य गरेर समाजवादी लोकतन्त्र हुँदै समाजवादतर्फ कसरी लैजाने भन्ने प्र्रश्नमा एक्काइसौं शताब्दीको जनवाद जन्म्यो । यदि बहुदलीय जनवादले नै सबै समस्याको हल गर्थ्यो भने एक्काइसौं शताब्दीको जनवाद जन्मिने अवस्था सिर्जना हुने थिएन । त्यसकारण यहाँ के भन्न सकिन्छ भने बहुदलीय जनवादका पनि केही राम्रा पक्ष छन र एक्काइसौं शताब्दीको जनवादका पनि केही क्रान्तिकारी तत्व छन् ।

तर केही तत्व पुरानै चीजलाई समातेर गएका छन् । त्यसले समस्या समाधान गर्न सक्दैन । त्यसैले यी दुबैका क्रान्तिकारी सारतत्वलाई समेटेर नयाँ कार्यदिशा निर्माण गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । र यो त्यतैतिर जान्छ ।

वर्गसंघर्षको नेतृत्व गर्न सर्वहारा वर्गको कम्युनिष्ट पार्टी चाहिन्छ भनेर यहाँहरु भन्दै आउनुभयो । तपाईँहरु एक हुन लागेका पार्टीमा भने गैर सर्वाहारा वर्गको वर्चश्व र उपस्थिति बढी देखिन्छ । यो अवस्थामा क्रान्तिकारी दिशा कसरी समात्छ नयाँ पार्टीले ?

अहिले समाजमा केही परिवर्तन त आएको छ, तर अहिले पनि धनी र गरीबबीच, साम्राज्यवादी ठूला देश र उत्पीडित देशबीचको संघर्ष चलेकै छ । त्यसैले वर्ग संघर्ष पुरानै मोडलमा छ कि छैन या सशस्त्र संघर्षलाई वर्ग संघर्षको उच्चतमरुप मान्ने परिस्थिति छ कि छैन भन्दा, यो त्यतातिर चाहिँ छैन । तर समाजमा वर्ग संघर्ष अहिले पनि छ । त्यसैले समाजमा विद्यमान वर्ग संघर्ष भएपछि अबको बाटो समाजवादमा जाने र वर्ग संघर्षलाई त्यही अनुसार कम गर्दै लैजाने भन्ने हो । वर्गहरुबीच संघर्ष त समाजवादमा पनि रहन्छ ।

पार्टी एकतालाई रुपान्तरण गर्ने कुरा बृहत वैचारिक संघर्ष बिना सम्भव छैन । तर यहाँ एकता प्रक्रियामा त्यो छैन । दुई चार जना बसेर, कार्यदल बसेर निर्णय गर्ने काम भएको छ । आम कार्यकर्ता र जनतालाई के भइरहेको छ, थाहा छैन । त्यसैले अँध्यारो कोठामा गरिने यस्ता निर्णयले रुपान्तरण हैन, सम्झौता मात्रै गर्छ । कम्युनिष्ट आन्दोलनमा अहिले सम्झौता भन्दा पनि संघर्ष र रुपान्तरण प्रधान हो ।

त्यो वर्ग संघर्ष पार्टीमा पनि सत्तामा बस्ने र सत्ताबाहिर बस्नेबीच संघर्ष हुन्छ । समाज र पार्टीभित्र आउने जुन वर्ग छ, तिनीहरु र पार्टीका कार्यकर्ताबीच पनि वर्ग संघर्ष हुनसक्छ । अर्को कुरा भौगौलिक, जातीयरुपमा पनि संघर्षका रुपहरु छन । त्यसैले वर्ग संघर्षले रुप मात्र परिवर्तन गरेको हो ।

अहिले पार्टी एकतासम्म आइपुग्दा अब त सबै कुरा पुरा भइसक्यो भन्ने वर्ग समन्वयवादी जबर्जस्त दृष्टिकोण देखिएको छ । तर हामी यो मान्दैनौं । समाजमा वर्ग छन्, संघर्ष छ तर यसको रुप चाहिँ शान्तिपूर्ण हो या के हो भन्ने विषयमा छलफल हुन सक्छ ।

तपाईंले यसो भनेपनि उच्चवर्गदेखि मजदूर वर्गसम्म तपार्इँहरुको पार्टीमा अटाएका छन् । यही किसिमले नयाँ पार्टी बन्ने हो र विकास हुने हो भने तपार्इँले भनेको वर्ग संघर्षलाई या आन्दोलनलाई यसले हाँक्न सक्ला र ?

अहिले माओवादी केन्द्र र एमालेभित्र जस्तो जस्तो वर्ग उत्थान भइरहेको छ, र, यहाँ पनि धनी र गरीबबीच ठूलो फासला छ, असमानता छ । यहाँ पनि असन्तुलन छ, यस्तै असन्तुलन भइरह्यो भने संसारमा जसरी कम्युनिष्ट आन्दोलन विचलनमा गएका छन, यहाँ पनि त्यो घटना दोहोरिन्छ । एकता गरौं या नगरौं, यिनीहरुको विघटन हुन्छ । त्यसैले यो कम्युनिष्ट पार्टी विघन भएपछि दलाल नौकरशाही पूँजिवादले यसको ठाउँ लिन्छ । नाम जे लिएपनि, अहिले पनि नाम कम्युनिष्ट भएपनि यिनीहरु आधारभूत कम्युनिष्ट संरचना हैन, यी संक्रमणकालीन अवस्थामा छन् । त्यसकारण कम्युनिष्ट पार्टीभित्र जुन यी संक्रमणकालीन वर्गहरु पैदा भएका छन्, यिनीहरुको बीचमा घनीभूत बहस गरेर कम्युनिष्ट पार्टीको संरचनाको आधार बन्छ कि भनेर यो पार्टी एकताको कुरा गरेको हो ।

अहिले सरकार र सत्ताका लागि यो एकता देखिएको छ । तर सरकार र सत्ताका लागि यो एकता होइन । यो त कम्युनिष्ट पार्टीको अहिलेको एक्काइसौं शताब्दीको नयाँ आयामलाई स्थापित गर्न यो एकता हो । त्यसैले चुनाव जित्नका लागि, ठूलो पार्टीका लागि र सत्तामा जानका लागि भनेर जसरी बुझिएको छ, त्यहाँ बुझाईमा फरक छ । त्यसकारण यो एकताई नयाँ विचार पैदा गर्न वर्ग संघर्षको नयाँ हतियारका रुपमा लिइनु पर्छ ।

एकताको बारेमा तपार्इँले भनेजस्तो वैचारिक बहस त खासै देखिएन नि ?

मैले माथि भनेको विचार र संघर्षको नयाँ हतियार तयार पार्ने दिशामा यो पार्टी एकतालाई रुपान्तरण गर्ने कुरा बृहत वैचारिक संघर्ष बिना सम्भव छैन । तर यहाँ एकता प्रक्रियामा त्यो छैन । दुई चार जना बसेर, कार्यदल बसेर निर्णय गर्ने काम भएको छ । आम कार्यकर्ता र जनतालाई के भइरहेको छ, थाहा छैन । त्यसैले अँध्यारो कोठामा गरिने यस्ता निर्णयले रुपान्तरण हैन, सम्झौता मात्रै गर्छ । कम्युनिष्ट आन्दोलनमा अहिले सम्झौता भन्दा पनि संघर्ष र रुपान्तरण प्रधान हो । त्यसकारण यो एकतालाई त्यसरी लैजानुपर्छ ।

अहिले सम्झौताबाट एकता हुन्छ कि भन्ने खतरा भएको छ । संघर्षबाट पार्टी एकता होस भन्ने हाम्रो चाहना हो ।

नेपाल र विश्व कम्युनिष्ट आन्दोलनभित्र हुने यसप्रकारका परिघट्नामा जसका विरुद्ध कम्युनिष्टहरु लड्नुपर्ने हो, तिनैले यो वा त्यो रुपमा एकता या फुटलाई आफ्नो पक्षमा पार्न षडयन्त्र गर्ने गरेको देखिन्छ । अहिले पनि त्यो खतरा देखियो हैन र ?

यसमा त्यो देखियो । जसरी हामीले पार्टी एकताका आधार र बहसहरु सिर्जना गरेका छौं, र, हामी बहस गर्दा जुन जुन मान्छेको घरमा गएर लन्च र डिनर गरेर पार्टी एकताका बुँदाहरु अथवा मान्यता तयार गरिरहेका छौं, त्यसले यो पार्टी एकतालाई गलतरुपमा लैजान या भंग गराउनका लागि दलाल नौकरशाही वर्गले काम गरिरहेको छ भन्ने देखाउँछ । त्यो वर्गले यो कम्युनिष्ट एकतामा जुन निर्णायक प्रभाव पार्न कोशिस गरेका छन, त्यसबाट नभत्काइकन हुने एकताको पनि अर्थ छैन । यसलाई हामीले आधारभूत किसान मजदूरको पार्टीको रुपमा श्रमिकको हितकारी पार्टीका रुपमा परिवर्तन गर्नुपर्ने हो । तर यहाँ प्रभाव अर्कैले पारेको छ ।

तपार्इँ चुनावमा हेर्नुस, मन्त्री हुने कुरामा हेर्नुस, त्यो वर्ग हाबी हुने खतरा छ । यो नेपालको कम्युनिष्ट आन्दोलनको मुख्य कमजोरी हो । यो एकता हुने बेला त्यसमाथि पनि प्रहार केन्द्रित गर्नुपर्छ ।

त्यो त परको कुरा भयो, पार्टी स्पिरिटकै कुरा गर्दा तपाईहरुले सञ्चालन गरेको जनयुद्ध र त्यसको उपलब्धिलाई नै स्वीकार नगर्ने अवस्था देखियो त ?

नेपालमा माओवादी पार्टी एउटा आन्दोलनको स्वरुपमा छ । यसमा सहायक धारको रुपमा वैद्यदेखि विप्लवजीहरु छन् । अर्को धारका रुपमा बाबुराम जी निकै पर पुग्नु भएको छ । हामी यसको मूलधारमा छौं । समाजमा माओवादी आन्दोलनका राइट, लेफ्ट, सेन्टर धार चलेकै छन् । हामी के चाहँछौं भने दुबै पार्टीबीचको एकता नेपाली समाजलाई शान्ति, स्थायित्व र समृद्धितर्फ लैजाने मूलधार बनोस ।

दुईचार जनाको किताबी कुरा या लेखनबाट यति ठूलो पार्टीको एकता जैविक हुँदन । यो बहसमा कोही पनि नभागौं । दुई तिन महिना एकता नहुँदा फरक पर्दैन । दुई चार महिना लागोस् । हाम्रो सरकार छ, त्यसले काम गरिरहेको छ । तर कम्तीमा आम बहस होस्, मैले पनि सुझाव र सल्लाह दिएको थिए भन्ने सबैलाई होस् ।

र, यो मूलधार बन्ने बेलामा कतै कतै वैद्यदेखि विप्लवजीका विचार समेत सम्बोधन गर्ने हुनुपर्छ । र, मुख्यतः पछिल्लो चरणको क्रान्तिकारी विचारको नेतृत्व र अहिलेको परिवर्तनको नेतृत्वकर्ता माओवादी भएको हुनाले यसका नेतृत्व र विचारको प्रश्नलाई पार्टी एकताको मुख्य एजेण्डा बनाउनुपर्छ । त्यसो गर्दा नेतृत्व, विचार र संगठनमा सम्मानजनक अवस्था हुनुपर्छ । लामो यात्रामा जानका लागि सम्मानजनक हुनुपर्छ भन्ने कुरा माओवादीमा लागेका सबैको मत हो । जनयुद्धको विचारको रक्षा गरियोस्, यसको भावनाको रक्षा गरियोस् भन्ने दबाब छ ।

एमाले स्वयम्ममा पनि रुपान्तरण हुनु जरुरी छ । उसको अहिलेको विचारले नयाँ समस्या र एजेण्डा र मुद्दालाई सम्बोधन गर्न सक्दैन । त्यसैले यो माओवादीको गर्विलो इतिहास र विचारको क्रान्तिकारी सारतत्वलाई उपेक्षा गरेर एकता हुन सक्दैन । इतिहासलाई हामी पूर्णतः बिर्सिन सक्दैनौं ।

विगत फर्केर हेर्दा अब सर्वाहाराकरण, या सर्वहारा वर्गको अधिनायकत्व जस्ता कुराहरु असान्दर्भिक या अप्रसांगिक नै भएका हुन त?

अप्रसांगिक नै त भएका होइनन् । तर विश्व पूँजिवादमा पछिल्लो समयमा देखिएको परिवर्तनका आधारमा हामीले नयाँ ढंगले यी विषयमा परिमार्जन भने गर्नुपर्छ । किनभने कुन वर्गको पार्टी हो र शासनसत्ता हो भन्ने कुरा त ख्याल गनुपर्छ । अहिले पनि बुझ्नैपर्ने के हो भने कम्युनिष्ट पार्टी श्रमिक वर्गको पार्टी हो । यसको एउटा हिस्सामा सर्वहारा, किसान निम्न मध्यम वर्ग पनि हुन्छन् । मूलरुपमा श्रमिकको पार्टी भएका हुनाले श्रमिक वर्गले नै नेतृत्व गर्नुपर्छ कि पर्दैन भन्ने विषयमा नयाँ ढंगले सोच्न सकिन्छ । तर यसले मूलतः श्रमिक वर्गको हितमा लाग्छ कि लाग्दैन भनेर नयाँ आयामले पनि सोच्नुपर्छ।

नेपालको कम्युनिष्ट आन्दोलनमा पञ्चायतकालपछि नेपालमा सम्वैधानिक राजतन्त्रभित्र वामपन्थी आन्दोलनलाई कसरी स्थापित गर्ने सवालबाट बहुदलीय जनवाद जन्म्यो । राजतन्त्र अन्त्य गरेर समाजवादी लोकतन्त्र हुँदै समाजवादतर्फ कसरी लैजाने भन्ने प्र्रश्नमा एक्काइसौं शताब्दीको जनवाद जन्म्यो । यदि बहुदलीय जनवादले नै सबै समस्याको हल गर्थ्यो भने एक्काइसौं शताब्दीको जनवाद जन्मिने अवस्था सिर्जना हुने थिएन । त्यसकारण यहाँ के भन्न सकिन्छ भने बहुदलीय जनवादका पनि केही राम्रा पक्ष छन र एक्काइसौं शताब्दीको जनवादका पनि केही क्रान्तिकारी तत्व छन् ।

तर यहाँ समस्या यो भन्दा पनि जटिल देखियो । अहिले त वर्ग, विचार भन्दा पनि कसरी सकिन्छ शक्ति (पावर) हत्याउने भन्ने देखियो । कसरी हुन्छ पावर हत्याउने र पावर भएपछि विचार हुन्छ (विचारले पावर हैन कि पावरले विचार) भन्ने पो देखियो । त्यसैले शक्ति केन्दिीत अवस्थाले विचारलाई नजरअन्दाज गर्ने परिस्थिति बनेको छ । तर विचार बिना पार्टी र समाज चल्दैन । एमालेमा पनि एक किसिमले विचारको विघटन भएको छ । माओवादी पनि क्रान्तिकारी विचारबाट विस्तारै अर्को विचार विकास गर्न खोजेको हो । त्यसेले अहिले संख्याका आधारमा पावरका आधारमा हाम्रै ठीक हो भन्न कुराले विचारको वन्ध्याकरण हुने खतरा देखियो ।

त्यसो भए समग्रमा तपार्इँहरुको भूमिका के ?

हामी पार्टी एकताको पक्षमा छौं । तर त्यो वैचारिक एकता हुनुपर्छ । नेपाललाई नयाँ नेपाल बनाउन, नेपालबाट नयाँ विचारधारा जन्माउन पार्टी एकता चाहिएको छ । त्यसैले हाम्रो भूमिका भनेको दुई चार जना नेताहरुले कोठाभित्र गर्ने बहसले नेपालको समृद्धि, स्थायित्व र विकास सम्भव छैन । यो एकताको विचार निर्माण गर्ने सवालमा दुई चार जनाले कोठामा बसेर भन्दा पनि आमरुपमा बहस सिर्जना हुनुपर्छ । आम जनताको संलग्नता हुनुपर्छ ।

अहिले पनि धनी र गरीबबीच, साम्राज्यवादी ठूला देश र उत्पीडित देशबीचको संघर्ष चलेकै छ । त्यसैले वर्ग संघर्ष पुरानै मोडलमा छ कि छैन या सशस्त्र संघर्षलाई वर्ग संघर्षको उच्चतमरुप मान्ने परिस्थिति छ कि छैन भन्दा, यो त्यतातिर चाहिँ छैन । तर समाजमा वर्ग संघर्ष अहिले पनि छ ।

हामी नेताहरुलाई यही भन्न चाहन्छौं । यो एकता सही भएप्नि त्यसले सही जनदिशा समात्न सक्नु पर्छ । एउटा महान बहसको वातावरण तयार पारेर त्यसबाट पैदा भएको विचारको संश्लेषण जनपक्षीय संलेषण हुन्छ । दुईचार जनाको किताबी कुरा या लेखनबाट यति ठूलो पार्टीको एकता जैविक हुँदन । यो बहसमा कोही पनि नभागौं । दुई तिन महिना एकता नहुँदा फरक पर्दैन । दुई चार महिना लागोस् । हाम्रो सरकार छ, त्यसले काम गरिरहेको छ । तर कम्तीमा आम बहस होस्, मैले पनि सुझाव र सल्लाह दिएको थिए भन्ने सबैलाई होस् । त्यसका लागि हाम्रो भूमिका भनेको यसलाई वैचारिक बहसमा लगेर रुपान्तरकारी बहसमा लैजान सबैलाई माग गरेका छौं ।

भनेपछि कार्यदल या संयोजन समितिको भूमिकाले पुगेन भन्नुभएका हो ?

हैन, कार्यदलले जे म्याण्डेट दिइएको छ, त्यो अनुसार काम गरिरहनु भएको छ । तर कार्यदललमा मात्रै सीमित रहेर एकता हुँदैन । वहाँहरुले भित्र लेखिरहनु भएको छ, तर त्यसमा केन्द्रीय समितिको संलग्नता छैन । त्यसैले कार्यदलमा मात्र टुंग्याउने कुराले आम जनतामा स्वामित्वबोध हुन सकेको छैन । अन्यौलता छाएको छ । आम जनतामा सूचना नै छैन । त्यसैले आम जनता यसबाट गयल भएपछि यो एकता पनि गयल हुन्छ ।

त्यसो भए ब्युरोक्रेटिक ढंगले एकता प्रक्रिया अघि बढ्यो भन्ने भन्न खोंजु भएको हो ?

हो, ठयाक्कै त्यही शब्द हो । माओवादीले त झन छलफल बहस गर्दै आएको हो । यसले यान्त्रिकता भन्दा जीवन्ततामा आउँदै गएको हो । त्यसैले एनजीओ स्टाइलमा जाँदा यो ढिला पनि भयो, रुचिकर पनि भएन भन्ने हो ।

(साभार : गोकर्ण भट्टले एभरेष्ट दैनिकका  लागि लिएकाे अन्तर्वाता )