शौच गर्न निस्कीएकी एक बालिकाको हत्या






२०७५ वैशाख ४ मंगलवार
Newsdesk Shikharnews

बुटवल,४ वैशाख । रुपन्देहीमा गएराति एक बालिकाको हत्या भएको छ। घरबाट शौच गर्न निस्कीएकी एक बालिकाको हत्या भएको छ।

रुपन्देही ओमसतिया गाउँपालिक ६ वृन्दावनकी १५ वर्षीया सरस्वती हरिजनको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार उनको मुख र खुट्टामा चोट लागेको छ।

राति ९ बजे शौच गर्न निस्किएकी उनी धेरैबेरसम्म नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। खोजतलास गर्दै जादाँ घरबाट डेढ किलोमिटर टाढा खेतमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए।

डिएसपी पाण्डेका अनुसार मृतक हरिजनको गुप्तांगबाट समेत रगत निस्किएकोे छ। तर, बलात्कार भएको हो वा होइन तत्काल भन्न नसकिने भएकाले अनुसन्धान भइरहेको बताए। घाँटीमा चुन्नीले बेरिएको अवस्थामा हरिजनको शव खेतमा फेला परेको कारण घाँटी कसेर हत्या गरिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

मृतकको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। मृतक हरिजनको कोठामा कण्डम फेला परेको छ।