नर्सलार्इ वलात्कार गर्ने डाक्टर पक्राउ

२०७५ वैशाख ७ शुक्रवार
Newsdesk Shikharnews

अस्बिन खड्का, ७  वैशाख ।  विराटनगर र मोरङ प्रहरीले बलत्कार गरेको आरोपमा विराटनगर नोबेल मेडिकल कलेज मा कार्यरत डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

नोवेल मेडिकल कलेजमा एम .बी .बी .एस ९ औं ब्याचमा अध्ययनरत मनिष मिश्र लाई मोरङ प्रहरीले आज पक्राउ गरेको हो ।

सप्तरीको वेलाही गाउँपालिका का २२ वर्षिय मिश्रले सुनसरी इहटरी घर भएकी किशोरीलाई बलात्कार गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार विसीले विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा काम गर्ने स्टाफ नर्सलाई मिश्रले विराटनगरको दुध फारममा रहेको आफनो कोठामा बोलाएर मंगलवार साँझ बलात्कार गरेको बताइएको छ ।

नर्स किशाेरीले वुधवार डा मिश्र विरुद्ध किटानी जाहेरी  दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीबिच दुई सातअघि मात्र चिनजान भएको बताइएको छ । मिश्रलाई जवरजस्ती करणी गरेको अभियोगमा मुद्दा चलाएको मोरङ प्रहरीले जनाएको छ ।