कथाका पात्रहरुको ‘भविस्य निर्माता’ बन्दै स्मीता

२०७५ वैशाख १० सोमवार
Newsdesk Shikharnews

बिस्नु फडेरा ,१० वैशाख । नेपाल सरकारले गरिव जेहेन्दार तथा विपन्न बर्गका वालवालीकाहरु लाइ अभिभावकत्व ग्रहण गर्ने अभियान नै चलाएको छ । बाम गठबन्धनको सरकार बनिसकेपछी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे यो महाअभियान केहीदिन यता चर्चाको शिखरमा पुगेको छ ।

ढिलै भएपनि सरकारले जनताको छोराछोरीलाई विद्यार्थी भर्ना अभियान अन्तर्गत अभिभावकत्व ग्रहण गरेता पनी नेपालमा केहि यस्ता गैरसरकारी संस्थाहरुले भने केही बर्ष अगाडि देखीनै यो कार्य गर्दै आइरहेका छन ।

गरिव, जेहेन्दार, आमा वुवा साथमा नभएका तथा शिक्षाबाट बञ्चीत वालवालीकाको अभिभावक बन्दै आइरहेको छ बुढानिलकण्ठमा रहेको सी नेपाल । र यो संस्थाका अध्यक्ष स्मीता लामा
बिगत ३ बर्षदेखि संचालनमा रहेको सी नेपालमा हाल करिव २१ जना बालबालीकाहरु ‘सी नेपाल वालगृह ‘मा र करीव २०० जना बालबालीकाहरुलाइ  (स्कुलिस्टिक )आफन्त संगै राखेर सहयोग गरेको स्मीता बताउँछीन ।

यति खेर भने ५ जना वालवालीकालाई वालगृहमा राखेकी स्मीताले ३जना वालवालीकाहरु हुम्लाका रहेको बताइन । हुम्लाका सर्केगाड गाउँपालीका साविकको उनापानी गाँउका २ जना वालवालीकालाइ लामाले उनिहरुको भविष्यको जिम्मा लगिन अर्थात उच्च शिक्षा अध्ययन गर्दा सम्म गाँस वास, कपास र शिक्षाको सम्पुण जिम्मेवारी लामाले लगेकी छन ।

करिव ८ वर्षकी बिपुरि र ९ वर्षकी सुन्तोषी थापाकोे कहानी अलि फरक छ
हुम्ला जिल्ला  सर्केगाड गाउँपालिका  उनापानीका देवि थापाले करिव २० वर्षको उमेरमा विहे गरे रिपकी बस्सी बडुवाल संग । सानै उमेरमा विहे गरेका उनीहरुले १ वर्षमै छोरी जन्माए ।

त्यसपछी करिव एक/ एक वर्षको फरकमा बच्चा जन्माए तर ति सवै छोरी जन्मीन । आठौं सतान छोरी जन्मदाँ सम्म छोरा जन्माउने आशा मरेको थिएन ति थापा दम्पतिमा । हुम्ला जस्तो ठाँउमा समाजीक कुसंस्कार ग्रसित समाजको लहैलहेमा लागेर थापा दम्पतिले १० छोरी जन्मीदा पनि छोरा पाउने आशा मारेनन र फलश्वरुप ११औं सन्तानको रुपमा छोराकाे जन्म भयो ।

हुन त जिल्लामा स्वास्थ्यचौकी नभएको पनि होइन तर समाजको अगाडि छोरा भयो भने ‘सन्तानी ‘जोगिन्छ भन्ने प्रचलनले ११ जना बच्चा जन्माएको देवि थापा बताउँछन ।

थापा भन्छन ‘छोरी अर्काको घर जाने र छोराले आफ्नो घर ल्याउने बुझाइका कारण् त्यतिखेर छोराको आशामा धेरै सन्तान जन्मीए तर आज आएर तिनिहरुलाइ कसरि पालन पोषण गर्ने चिन्ता बढेको छ ।’

‘सी नेपाल ‘मा कसरी पुगीन वालीकाहरु?


करिब १ वर्ष पहिले कुनै एक संस्थाले थापा परिवारको कथा आफ्नो क्यामेरामा कैद गरेर काठमाडौं ल्याएको थियो । त्यो कथा कता कता बाट लामाले भेटिन अर्थात लामाले त्यो कथा सुनिन बुझिन । समाज सेवामा समर्पित लामालाइ त्यो कथाले मनमा गहिरो घाउ बसाल्यो अर्थात मनलाइ छोयो । समाज सेवालाइ धर्म वनाएकी लामाले त्यो कथाको र्निमाता बन्ने इच्छा जाग्यो र बनिन पनि । तर कथाको निर्माता होइन त्यो कथाका पात्रहरुको ‘भविष्य निर्माता’
लामा भन्छिन त्यो परिवारलाइ खाद्यन्न सामाग्री सहयोग र्गदै आएको थिए । यो बर्षमा आफै संग राख्न पाउँदा खुशि छु ।


सयौँ कथाको पात्रका ‘भविष्य निर्माता ‘लामा को हुन ?
समाज सेवाको आकाशमा चम्किलो ताराका रुपमा स्थापित हुँदै आएकी स्मिता लामा वि सं २०४३ साल फागुण २६ गते काभ्रेमा जन्मिएकी हुन् ।

विकट गाउँको साधारण परिवारमा एउटी छोरीको रुपमा जन्मिएर पनि स्मिताका बुवाले छोरीको पढाईमा न त कुनै बन्देज नै लगाए, न त कुनै कन्जुस्याँइ नै गरे । काभ्रे जस्तो गाउँमा जन्मिएकी भए पनि काठमाडौंको राम्रो स्कुलबाट एसएलसी पास गरेकी उनले भि एस निकेतनबाट स्नातक तह सकिन् ।

फलस्वरुप आज उनी नेपालका धेरै गरीब र टुहुरा बालबालिकाहरुलाई पढाउन सहयोगी हात बनेकी छिन् । आमाबाबाले आफ्नो शिर ठाडो भएको महसुश गर्ने र समाजले नै गर्व गर्ने खालको काम गर्न पाएकोमा उनी आफैँमा खुशी र सन्तुष्ट छिन् र यो सफलता आमाबाबाको संघर्षको उपज भएको जिकिर गर्ने स्मितालाई अर्काको घर जाने जातलाई पढाउनु हुन्न भन्ने संस्कारले उनीसँगै जन्मिएका धेरै सखीहरु अहिले गाउँको घर र पँधेरो मै सीमित छन् ।

तर छोरीलाई त्यो समाजभन्दा बाहिर लानको लागि उनको बाबा र आमाले शिक्षालाई प्राथमिकतामा राखेको हुनाले स्मिता लामालाई आज यो सफलता मिलेको हो । शिक्षाबाट बञ्चित हुँदो हो त उनी पनि अरु झैं पक्कै पनि सयौं बालबालिकाहरुलाई छोडेर काभ्रेको तेमालमा भेडा बाख्राकोपछि दगुर्दै हुन्थिन् ।

करिब ५ फिट जतिको उचाई र मिलेको शरिरकी धनी स्मीता लामा एक सन्तानकी आमा हुन् । ३० वर्ष पश्चात् मात्र बिहे गर्ने उनको मनसायलाई आमाको दैनिक करकरले तुसारापात गरायो ।

२६ वर्षमा काठमाडौं झोरका बिक्रम लामासँग लगन गाँठो कसेपछि श्रीमानसँगै फिनल्याण्डमा बस्दै आएकी उनी आफ्ना सारा व्यक्तिगत इच्छाहरुलाई तिलाञ्जली दिएर आफ्नै माटोमा पसिना बगाउने र समाज सेवा गर्ने उद्देश्यले नेपाल आइन् ।

३१ वर्ष पुगेकी लामाको बाहिरी आवरण रफ एन्ड टफ देखिन्छ । प्रायस् लेदर ज्याकेट, जिन्स र स्पोर्ट शूजमा देखिने उनी अनाथ बालबालिका भनेपछि हुरुक्कै हुन्छिन् । कसैलाई दुस्ख पर्‍यो भन्ने बित्तिकै सब काम छोडेर त्यसको सहयोग गर्न लागि पर्ने उनको स्वभाव उनको रुप जस्तै सुन्दर छ भन्नेहरु पनि प्रशस्त छन् ।

उनी भन्छिन्, बच्चाहरु भनेका सच्चा र प्यारा हुन्छन् । उनीहरु यति कच्चा हुन्छन् कि जस्तो रुप दिने कोसिस गरिन्छ, त्यस्तै स्वरूपमा उनीहरुलाई ढाल्न सकिन्छ । अमूल्य श्रोत र भविष्यका उत्तम आशा रुपी यी बालबालिकाहरुको सेवा गर्दै उनीहरुलाई देशको कर्णधार बनाउने मौका पाएकोमा आफैँमा निकै गौरवान्वित छु ।’ छोरीलाई पढाउनु हुन्न ‘ भन्ने गाउँले संस्कार मेरो घरमा पनि पसेको भए आज म कसरी टुहुरा र गरीब वालवालीकाहरुलाई सहयोगी हात बढाउन सक्थेँ र ?  परिवारको सदावहार सहयोग, हौसला र प्रेरणाले गर्दा नै गर्न चाहेको हरेक कार्यमा सफल भएको बताउने उनी SHE Nepal का संस्थापक अध्यक्ष हुन् भने माया नेपाल आर।(Maya Nepal RY) का कन्ट्री डाइरेक्टर (Country Director) पनि ।

कथाका पात्रको भविष्य निर्माता लामालाइ नेपालको कानुनी प्रक्रिया देखेर भने वाक्क लाग्ने गर्छ । उनि भन्छिन नेपालको प्रशासनिक फाँटमा बस्ने मान्छेहरुको व्यबहार देख्दा दिक्क लाग्छ ।

हामिले नेपाल सरकार लाई समाजकल्याण मार्फत राजश्व बुझाएर काम गरिरहेका हुन्छौँ तर प्रशासनमा बस्ने कर्मचारिहरु डलर आउँछ खान्छन जस्तो व्यबहार देखाउछन । यो व्यबहार देखेर तामाङ्गलाई लाग्दो रहेछ नेपाल बिग्रेको भ्रष्टचार र भ्रष्टचारी कर्मचारीले हो र यस्ता कर्मचारिलाई कारबाहि भएन भने नेपाल कहिलेई पनि विकास हुन सक्दैन ।

समाज कल्याण परिषदको इतिहासमा गैरसरकारी संघ संस्थाको अवस्था के छ ?
समाज कल्याण परिषदसँग स्वीकृति लिएर मात्र खर्च गर्नु पर्ने प्रावधान रहे पनि नेपालमा धेरै (NGO/INGO) एन.जि.ओ रआई .एन. जि.ओ हरुले समाज कल्याण परिषदलाई बाईपास गरेर काम गर्ने गरेको भेटिन्छ ।

सरकार स्थाई नहुनाले पनि कमजोर भएको हुन सक्ने धारणा एकातिर छ भने अर्कोतिर सरकारमा बस्ने धेरै व्यक्तिहरु स्वार्थी हुनाले राज्यको नीति र विधि अनुसार काम नगर्नुले समाज सेवाको नाममा यसरी अनियमितता सिर्जना भएको धारणा अर्कोतिर रहेको पाइन्छ ।

राजा वीरेन्द्रको शासन कालमा रानी ऐश्वर्यले पहिलो अध्यक्षता ग्रहण गरे पश्चात सबै खालका सम्पूर्ण एन।जि।ओरआइ।एन।जि।ओ हरु समाज कल्याण परिषद अन्तर्गत सञ्चालन हुनु पर्छ भन्ने नीति बने पनि काम गर्ने र जाँच गर्ने दुबै पक्षको फटाहा र भ्रष्ट प्रवृतिले समाज सेवामा अराजकता फैलिनु स्वभाविक नै हो ।

के हो सी ( SHE Nepal )नेपाल?


नेपालमा बिगत केहि बर्ष देखी सामाजिक संस्थाका नाममा दिनदिनै उक्लँदै गरेको ग्राफ “हात्तीको देखाउने दात” मात्र प्रमाणित हुँदै आएको पाइन्छ ।

तर केही प्रतिशत संस्थाहरु भने निस्वार्थ रुपले निरन्तर समाज सेवामा समर्पित रहेको उदाहरण हो बुढानलिकण्ठमा स्थापीत सी नेपाल (SHE Nepal) ।

विगत ३ वर्षदेखि समाज सेवाको कार्यमा निरन्तर सकृय रुपले निस्वार्थ भावमा समर्पित हुँदै आएको उक्त संस्थाको नेपाल अध्यक्ष हुन स्मिता लामा । २०७२ सालमा स्थापना भएको काठमाडौंको बुढानिलकण्ठमा अवस्थित सी नेपाल (SHE Nepal ) विशेषत वालवालीकाहरुको शिक्षाको पहुँचलाई सुधार्ने उत्तरदायित्व बोकेको संस्था हो ।  वालवालीकाहरुको स्वास्थसेवा र सुरक्षा मात्र होईन उनीहरुको रचनात्मक र सकारात्मक परिवर्तन गर्न बाल अधिकारको पूनर्स्थापना र सशक्तिकरणका लागि समुदायमूखी समाधानहरुको योजना तर्जुमा गर्न सदा अग्रसर रहने यो संस्थाले नेपालमा विद्यमान अन्य सामाजिक कुरीतिहरु जस्तै छुवाछुत, लिङ्गभेद, बाल विवाह, महिला हिंसा विरुद्द पनि काम गर्दै आएको छ ।

बाल अधिकार उठान र जागरणका लागि तालिम, अनुसन्धान र बाह्य सहयोग गर्दै शुरु भएको यो संस्थाले २०७२ बैशाख १२ शनिवारको भूकम्प पश्चात भने विस्थापित बालबालिकाहरुलाई आफ्नै रेखदेखमा राखेर अध्ययन गराउने पहल गरेको देखिन्छ ।

यस्तो परिस्थितिमा खडा भएको SHE Nepal आश्रयमा हरेक जात जाति र उमेरका बच्चाहरु एउटै छानामुनि रहँदै आएका छन् । संस्थाकी अध्यक्ष स्मीता लामा भन्छिन ‘हामीले ल्याएका टुहुरा बच्चाहरुलाई १२ कक्षासम्म पढाईदिने हाम्रो नीति छ । त्यसपछि भने उनीहरु प्रतिको हाम्रो जिम्मेवारी सकिन्छ किनकि त्यति बेलासम्ममा उनीहरु आफ्नो बारे सोच्न र निर्णय गर्न सक्ने हुन्छन् ।’

SHE Nepal ले गरेका काम र उद्देश्य
SHE Nepalको बिभिन्न प्रोजेक्टहरु मध्यको एक फिनिश होमलाई फिनल्याण्ड सरकारले सहयोग गर्दै आएको जानकारी दिंदै आफूहरुले त्यो बाहेक शिक्षा र स्वास्थ सम्बन्धि थुप्रै प्रोजेक्टहरु पनि गर्दै आएको  लामा बताउछिन् ।

वालवालीकाहरुको स्कुलिङको मात्र जिम्मेवारी लिने ‘स्कुलिस्टिक’ प्रोग्राम ल्याउँदा वास्तविक पीडित बच्चाहरु भेट्न निकै गाह्रो भएको स्मरण गर्छिन् ।

गरीब हुनु बच्चाको दोष होईन । गरीब भएकै कारण बिद्यार्थीहरु शिक्षाबाट बञ्चित नहोस् भनेर हामीले ती बिद्यार्थीहरुको शिक्षाको मात्र पनि जिम्मेवारी लिएर काम गर्दै आएका छौं । हाम्रो स्कुलिस्टिक प्रोग्राम अन्तर्गत करिब २०० जना बिद्यार्थीहरुलाई बिभिन्न स्कुलहरुमा पढ्न सहयोग गर्दै आएका छौं ।

स्कुलिस्टिक प्रोग्राम अन्तर्गत आर्थिक स्तिथि कमजोर भएका गरीबहरुका बालबच्चाहरुको पढाईको जिम्मेवारी मात्र संस्थाको हुन्छ अन्य सम्पूर्ण जिम्मेवारीहरु उनीहरुको परिवार कै रहन्छ ।
चैत्र लागेसँगै घरको छोरी लगायत अन्य सबै २०० जना बालबालिकाहरुको अविभावक बनेर उनीहरुको भर्ना गर्न प्रत्यक स्कुलमा जान पाउनु संसारमा एकाध व्यक्तिहरुको भाग्यमा मात्र भएको अनुभूति गर्ने लामा समाज सेवाले आफूलाई पैसाले किन्न नपाउने बहुमूल्य आत्मसन्तुष्टिका साथै आफूलाई धेरै माया गर्ने सयौं छोराछोरी प्रदान गर्दै आएकोमा खुशी प्रकट गर्छिन् ।

managed wordpress hosting