प्रभु वैंककाे नयाँ शाखा ज्ञानेश्वरमा स्थापना !

२०७५ वैशाख १० सोमवार
Newsdesk Shikharnews

काठमाडाै, १० वैशाख । प्रभु वैंककाे नयाँ शाखा कार्यालय  स्थापना भएकाे छ  ।

काठमाडाै महानगरपालिका वडा नं.३० (साविक का.म.न.पा.वडा नं.३३) ज्ञानेश्वरमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको वैंकले जनएकाे छ ।

वैंकले साेमवार एक विज्ञप्ती जारी गर्दै शाखा स्थापना गरेकाे जनाएकाे छ ।

बैंकको ज्ञानेश्वर शाखा बैंकका संचालक पुष्प बहादुर प्रधानले एक समारोहका विच समुद्घाटन गरेका थिए ।

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको दरवारमार्ग शाखा कार्यालयको कारोवारलाई कमलादी शाखामा गाभी बैंकको दरवारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको हो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको  विज्ञप्तीमा जनाएकाे छ ।

शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरु सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको   पनि विज्ञप्ति मा जनाएकाे  छ ।

managed wordpress hosting