स्पा भनेको मसाजसेन्टर मात्र होईन मेडिकल उपचार पनि हो: मोहनराज पाण्डे (भिडियाेअन्तर्वार्ता)

२०७५ वैशाख २६ बुधवार
Newsdesk Shikharnews

काठमाडाै, २६ वैशाख । नेपालमा केहि गर्न सकिन्न भन्दै दैनिक हजाराै नेपाली युवावर्ग खाडिमुलुका पसिना बगाउनका लागि त्रिभुवन अर्न्तरािष्टय विमानस्थलमा लार्इन लाग्ने गर्दछन ।

तर तिनै नेपालीहरूमाझ विदेशमा मात्र हैन नेपलमा पनि केहि गर्न सकिन्छ भन्ने गतिलाे उदाहरण बनेका छन  २९ वर्षिय युवा उद्यमि माेहनराज पाण्डे ।

काभ्रेबाट काठमाडौको ठमेलमा व्यवसाय संचालन गरेका छन पाण्डेले । समय बदलियता पनि मान्छेको सोचाई परिवर्तन र्गन गाह्रो भएको बताउने पाण्डे ठमेलको व्यस्त सहरमा स्पा व्ययसाय गरेर बसेका छन ।
नेपाल स्पाको नाममा व्ययसाय सुरुगरेका पाण्डेले आम मानिसमा परेको भ्रम चिर्न आफ्ना आमा बुवालाई मसाज गराएर व्यवसाय सुरुवात गरेका थिए । स्पा भनेको मसाज मात्र हो भनेर सोच्ने समाजमा मसाज मात्र होईन औषधि उपचार गर्ने थलो हो भन्ने गतिलो उदाहरण बनेका छन पाण्डे ।
किन मान्छेको नजरमा नराम्रो भनिने पेशा अंगाल्नु भयो यो व्यवसाय गर्दा कत्तिको सहज भयो? यस्तै सेरोफेरोमा रहेर नेपाल स्पाका बारेमा नेपाल स्पाका कार्यकारि निर्देशक मोहनराज पाण्डेसंग शिखरन्युजका लागि सोनु चन्दले गरेको विशेष कुराकानिको संपादित अंश ।
आजभोलि के मा व्यस्त हुनुहुन्छ?
आज भोलिको स्थितिमा भन्नु पर्दा थोरै समय त आफ्नो व्ययसायीलाई दिएको छु । त्यो भन्दा केहि बाहिरि पाटो भन्दा मैले सामाजिक कामहरु गरेको छु । केहि विद्यार्थीहरुलाई छात्रवृति कोष खडा गरेर कुनै ठाउँमा सडक निर्माणका कार्यहरु गरेर राहत पुग्ने हिसावले सामाजिक काममा पनि थोरै व्यस्त छु आजकाल।
काभ्रेपलाञ्चोक देखि काठमाडौ काठमाडौ देखि ठमेल सम्म्को यात्रा कत्तिको सहज रह्यो ?
काभ्रेपलाञ्चोक देखि काठमाडौ काठमाडौ देखि ठमेल भन्ने बित्तिकै अलि बिशिस्ट हिसावले बुझिन्छ । कुनैपनि यात्रा सहज हुन्छ भन्ने कुरामा हामि विश्वास गर्दैनौँ । जुनसुकै यात्रा अलि कठिन नै हुन्छ तर समयले दिएको जिम्मेवारिलाई आफ्नो कर्तव्य सम्झन सक्यो भने सहज हुन सक्छ ।
यो व्ययसायमा लागेको कत्ति भयो ?
अहिले पछिल्लो समयमा मैले आफैले गर्न सुरु गरेको ६ महिना बढि भएको छ । यो भन्दा धेरै समय देखिनै यो व्ययसाय सम्बन्धि कामहरु गरेको छु ।
नेपाल स्पा चलाउनु भएको छ , किन यो व्ययसाय नै रोजेको ?
सबै भन्दा पहिले त आफ्नो कामको लागि आफ्नो लक्ष्य पनि हेरिन्छ अर्को कुरा समाजले हेर्ने दृस्टिकोणलाई पनि हेरिन्छ । यो क्षेत्रमा समाजले हेर्ने दृस्टिकोणलाई क्लिियर गर्नुपर्छ भन्ने उद्धेश्यले गर्दा स्पा नै चलाएको हो ।
यो भनेको उपचार केन्द्र पनि हो। सुबिधा सम्पन्न बिलासि स्रोत पनि हो यो । साधारण् किसिमाका मानिसहरुसंग पनि सम्बन्ध बिस्तारहुने राम्रो माध्यम हो यो ।त्यै भएर उपचार केन्द्रको रुपमा संचालन गरेको छु ।
के कस्ता सुबिधाहरु दिनुभएको छ नेपाल स्पाबाट ?
मान्छेहरु स्पा भन्नाले मसाज सेन्टर भन्ने हिसावले कुरका गर्नुहुन्छ । तर पछिल्लो समयमा हामिले मसामा मात्र सिमित नगराएर एउटा उपचार केन्द्रको लागि आयुवेद्धीक बिभागबाट आयुवेद्धीक डाक्टर छनौट गरेर अकुपञ्चर, फिजियो थेरापिहरु गरायर पार्टश अफ मिनि हस्पिटलको रुपमा यो सेवालाई बिस्तार गर्ने सोचमा छौँ ।
तपाईहरुको लक्षित वर्ग कुन हो नेपाली कि बिदेशि ?
सामान्य रुपमा स्पा भन्नाले यो हो भनेर बुझेका र यस्ले गर्ने फाईदाको बारेमा बुझेका नेपालीहरु पनि आउनुहुन्छ । सामान्यतया ९० प्रतिशत बिदेशिहरुले नै बुझेका कारण बिदेशिनै बढि आगने भईहाले । तर पछिल्लो समय नेपालीहरुले पनि यो बुझ्नुपर्छ भन्ने हिसावले मैले स्पा सुरु गरेको हुँ।
स्पा व्ययसाय बाहेक अरुकुनै सोचाई राख्नु भएको छ कि ?
अहिलेको स्थितीमा स्पाबाट नै अगाडि बढ्ने हो । किन कि यसैलाई पुर्णता दिनुपर्यो र यसैलाई कम्प्लिीट नगरि अर्को क्षेत्रमा जाँदा सफलहुन सकिन्छ भन्ने भएन । सामाजिक कामहरुमा २ ४ ठाँउमा पनि हात हालेको छु ।
यो व्ययसय संचालन गर्दा परिवारबाट कत्तिको सहयोग मिल्यो ?
जुनसुकै व्यवसायको साधारण ज्ञान नभए त्यो व्यवसायनै हुन्न पहिलो कुरा । अलिकति बुझ्न समय त लाग्छ । फेरि स्पा भन्ने बित्तिकै हाम्रो सामाजिक दृष्टीकोण्ले अलि नेगेटिभ भएकोले गर्दा यहि क्षेत्रलाई क्लिीयर गर्न घरपरिवारलाई फकाएर बुझाएर संचालन गरेको हुँ । अहिले उहँहरुलाई पनि स्पा भनेको उपचार केन्द्र हो भन्ने बुझाई विकसित भएर सबै जना खुशी हुनुहुन्छ । र सहयोग पनि गरीरहनु भएको छ ।
स्पा भन्ने बित्तिकै मान्छेहरुले धेरै नकरात्मक सोच लिने गर्दछन किन होला?
त्यो भन्नेहरु एउटा साधारण ज्ञान नभएकाहरु हुन । यो उपचार केन्द्र हो यहाँ उपचार हुन्छ । यहाँ अकुपञ्चर, थेरापिहरु हुन्छ भन्नेहरुले नकरात्मक सोच्दैनन् । बिस्तारै सिक्दै जाने बुझ्दै जाने बिषय हो ।नेपाली समाजले झट्ट आत्मसाथ गरेको अवस्था छैन ।
पुर्विय सभ्यता र पश्चिीमा सभ्यताको समिश्रणनै स्पा हो । धेरै बर्ष भएको छैन सय बर्ष जति भएको छ ।

हेर्नुहाेस शिखरन्युजका लागि गरिएकाे विशेष अर्न्तवार्ता