बादी महिलाको बिदारक कथामा आधारित उपन्यास ‘नथिया’




२०७५ वैशाख ३१ सोमवार
Newsdesk Shikharnews

बादी समुदायमा महिलाको कारुणिक कथामा अधारित सरस्वती प्रतीक्षाको उपन्यासमा यौन, सुन्दरता, कुरुपता, प्रेम ,घृणा,अहंकार, प्रतिशोध , गरिबी विभेद जस्ता कुराहरूको समिश्रन सहित सामाजिक उपन्यासको रूपमा लेखिएको उपन्यास हो नथिया ।

इतिहासको कुनै कालखण्डमा बादी महिलाहरु बाध्यात्मक परिस्थितिका बाबजुद सामाजिक कुसंस्कारको परिणामस्वरूप देहव्यापारमा मजबुरी हुनु पहिलो राज्स्वला पछि नथिया  ‘नथुनी ‘ लगाउने अनि ग्राहकसँगको प्रहिलो संसर्गपछि नथिया उतार्ने नथिया उतारे पछि पेशेवर रूपमा यौन धन्दामा सरिक हुने बडो बिचित्र संस्कारको चित्रण गरिएको साथसाथै , अन्य पेशामा सम्लग्न हुदा समाजबाट तिरस्कृत हुन पर्ने सामाजिक विभेदले ग्रसित बनाएको बादी समुदायुको कथाले भरिएको उपन्यास हो नथिया।

छोरालाई काखा छोरीलाई पाखा भन्ने
विभेदकारी हाम्रो समाज सामान्यतय छोरा जन्मिदा खुशी हुने तर बादी समुदायमा भने छोरी जन्मिए खुशी हुने जुन खुशी हुनको पछाडि बादी महिलाहरु यौन ब्याबसायमा जानु पर्ने चित्रण गरिएको छ । बादी समुदाय भित्र पुरुषको भुमिका निहिर्य शक्तिहिन कम्जोर देखाइएको छ भने अर्कोतिर पैसा पद अनि पहिचानको आधारमा नै अहंकारी पुरुषपात्रको यौन दुराचार, अमानवीय हिंसक, घृणित रुपको चरित्रण गरिएको कथा हो नथिया ।

बादी महिलाहरुको बध्याता अरुको मनोरञ्जनको निम्ति नाचगानमा जानू पर्ने घर चलाउनुको लागि नै देहव्यापार जस्ता अपबित्र कुकर्ममा समाहित हुन पर्ने जस्तो गरीबी एकातिर भने अर्कोतिर बादी महिलाहरु अन्य पेशामा सहजै सम्लग्न हुन नपाउने सामाजिक विभेद लाई उदृत गरिएको साथै बादी पुरुषहरु जिबिका चलाउन माछा मार्ने आफ्नै परिवारका महिला सद्यसको निम्ति ग्राहाक खोजेर ल्याउने जस्ता घृणित काम गर्ने कम्जोर कुपात्रका रूपमा चित्रण गरिएको पुरुषार्थ नै नभएको अस्तित्व बिहिन पुरुषहरूको प्रतिबिम्ब हो नथिया ।

बादी महिलाले अरु काम गर्नु हुदैन बादी महिलाले जमिन छोएमा जमिन नै रुखो हुन्छ भन्नु मन्दिर भित्र प्रवेश निशेध गर्नुु ,कुवामा पानी भर्दा समेत अपमानित हुनु जस्ता सतप्रतिशत पहिचानको आधारमा विभेद अंतर्विरोध छुवाछूतमा तिरस्कृत बादि समुदायको महिलाहरु देहब्यापार मा कसरी सम्लग्न हुन्छ साथै यौन हिंसाको सिकार कसरी हुन्छ भन्ने यथार्थता लाई चित्रण गरिएको बिध्यामान कुसंस्कारमा जगडिएको रुढीबादी परम्परमा पिल्सिरहेको बादी समुदाय भित्रको महिलाहरुको मात्र समस्या नभएर सम्पुर्ण पहिचानको आधारमा उत्पीडनमा पिल्सिएका उत्पीडितहरुको आवज हो नथिया ।

उपन्यासमा समलीलाई प्रमुख पत्रको रूपमा प्रस्तुत गरिएको छ सुन्दरता भएकै कारणले गरिबी भएकै कारणले अनि बादी महिला भएकै कारणले एकातिर कुसंस्कारमा जगडिएको रुढीबादी समाज अर्कोतिर कुविचार राख्ने मानव रूपी दैत्यहरुको दब्दबाको कारणले सामली अस्तित्वको लडाइँ लड्दा लड्दै आफैं अस्तित्व बिहिन हुन पुगेको चाहेर पनि नथियालाई सुरक्षित गर्न नसकेर पटकपटक यौन धन्धामा सम्लगन हुन परेको हृदयबिदारक कथा हो नथिया।

बादी समाज बादी सस्कृतीमा महिलाहरु स्वयम् यौन कर्मी नभएको तर बादि महिलालाई हेरिने समाजको नै दृस्ठिकोण नकारात्मक विभेद्कारी भएको बादी महिलाले माटो छोए माटो नै रुखो हुन्छ भन्ने अन्य पेशामा स्वीकार नगर्ने जातिको आधारमा पेशा नै वर्गीकरण गरिदिने रुढीबादी परम्परामा ग्रशित विभेदकारी समाजको कुसंस्कारको ज्वलन्त उदाहरण हो नथिया।

समाजमा नारी र पुरुष बीच जुन विभेद लाई बडो गम्भीरताका साथ उठाइएको छ हरेक नारीहरुको अस्तित्व माथी खेलवाड गर्ने पुरुषहरु नै हुन्छ बिना पुरुष नारी एक्लै यौन धन्दामा सम्लग्न हुन सक्दैन तर पुरुषको अस्तित्व माथी किन प्रश्न चिन्न उठाउदैनरु किन समाजको गलत नजरिया भित्र नारीको अस्तित्व नै मेटाईन्छ जस्ता सयौं अनुत्तरित प्रश्नै प्रश्नको प्रहार हो नथिया ।

समाजको एउटा पाटोमा एउटा यस्तो दानबी पुरुषको जमात लाई प्रतिबिम्बित गरिएको छ महिलालाई जहिले एउटा अस्तित्व बिहिन साधनको रूपमा मात्र हेर्ने गर्छ आफ्नु अभिस्ट पुरा गर्न भोग गर्ने भोगीको रूपमा पुरुषप्रतिको नकारात्मक भाव बडी प्रतिबिम्बित गरिएको छ ।

समाजमा बाहिरी देखवटी रूपमा प्रतिष्ठित भनौदा बियापारी ,कर्मचारी धर्मिक पदधारण गरेका भिक्षु मन्दिरका पुजारी आफ्नु अभिस्ट पुरा गर्न यौन प्यास मेटाउनु समाजिक रूपमा विभेदमा पारिएका समाज बाट तिरसकृत बादी महिलाई सम्पतिको आडमा भोग गर्ने भोगिहरुको रूपमा चित्रण गरिएको छ । भने अर्कोतिर उपन्यासको अन्त्यमा दिवाकर जस्तो पुरुष पत्रको सकारात्मक भुमिकाले पुरुषप्रतिको अनादर लाई केही समतलमा ल्याएको देखिन्छ ।

‘यथार्थको धरातलमा नथिया’

विभेदित समाज रुढीबादी परम्पराले ग्रसित समाजमा कुसंस्कार भित्र जगडिएको पिडा, अदृश्य रूपमा अझैसम्म पनि जिवित नै छ कतिपय घटनाहरु बाहिरी रूपमा सहजै आउन सक्दैन भने कतिपय चाहिँ बाहिर आएर पनि समस्याको निरुपण हुन नै सक्दैन कारण
जुन पीडित समुदायको समस्या सार्बजनिक हुदा यदि पुग्नु पर्ने ठाउँसम्म आवज नपुग्दै मर्ने अर्थात जाहाँबाट न्यायको आपेक्षा गरिएको हो त्यो ठाँउ नै न्याय दिने मनशायमा नहुने
गम्भीर बिषयलाई पनि सरोकारवाला पक्षहरूले नियोजित ढंगले सतही रूपमा हेरिदिने अर्थात पीडित पक्षको पहुँच नै त्यस ठाउँमा नहुने फलस्वरूप न्यायको लागी ढोका ढकढक्याउने आवजहरु बेसाहारामा मर्ने समग्रमा हाम्रो जस्तो चरीत्र बिहिन लोकतान्त्रिक मुलुक जाहाँ जवाफदेहिता पार्दर्शितामा प्रश्नै प्रश्न संबैधानिक अंगहरु समेत स्वतन्त्र नरहेको कागाजी रूपमा मात्र विभेदको अन्त्य भएको तर ब्याबाहारिक रूपमा विभेद जिवित नै रहेको् हरेक क्षेत्रमा विभेद गरिने मुलुकमा राजनीतिक पहुँच नहुनु अर्थिक पहुँच नहुनु सामाजिक पहुँच नहुनुले ठुलो भुमिका खेल्छ ।

तर्सथ जाहा पीडितको समस्या सहि समयमा निरुपण हुनुको बद्ला झनै थप जटिलता बनाइदिने परिणामस्वरूप समाजिक कारण नौतिक कारणले पीडित पक्ष थप पीडित हुन पर्ने शोषित बर्ग थप शोषित हुने जस्ता विबिद कारण समाजमा अनेकौं पिडा अनि अत्याचारहरु अदृश्य रूपमा जिवित नै रहिआएको छ । बादी सामुदाय भित्रको गरीबी अन्द्दबिस्वास कुसंस्कार यौन धन्दा जस्तो बिकृती यसैको परिणामलाई लिन सकिन्छ।

बादी समुदायले यौन धन्दा ,गरिबी, विभेद जस्तो कुकर्म बाट मुक्ति पाउनको निम्ति विभिन्न समयमा गरेको विभिन्न आन्दोलनहरु तर सरकारले सोही आन्दोलनको सम्बोधन नगरेकोले कति महिलाहरु फेरि बध्याताबश यौन धन्दामा फर्कनु परेको परिदृयहरु हाम्रो अगाडि जगजाहेर नै छ ।
यहीँ परिदृय घटनाक्रमको सेरोफेरोमा रहेर बादी समुदायको उत्पीडनको पनि गर्भसम्म पुगेर लेखिएको सरस्वती प्रतीक्षाको उपन्यासको रूपमा प्रकाशित नथिया सतप्रतिश्त यथार्थमा आधारित भएको बास्तबिकतालाई नकार्न सकिदैन ।

(यो लेख नितान्त पाठक प्रतिक्रियामा अधारित ब्याक्तिगत बिचार हो)
लेखक : पासाङ तामाङ
सुर्योदय नगरपालिका  ३ ईलाम
हाल यु ए ई कार्यरत