ओली र प्रचण्डले गरेका यि ४ सहमती , जस्ले पार्टी एकताकाे नयाँ माेड लियाे !

२०७५ जेठ २ बुधवार
Newsdesk Shikharnews

काठमाडाै, २ जेठ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकताका सम्बन्धमा ४ विषयमा सहमति भएको छ।

सहमतिहरु
विवादित विषयमध्ये संगठनात्मक स्वरुप, कार्यनीति चुनाव चिन्ह र जनयुद्ध शान्तिपूर्ण संघर्षलाई हेर्ने दृष्टिकोणमा ओली–प्रचण्डबीच सहमति भएको हो।

विवादित विषयमध्ये संगठनात्मक स्वरुप अन्तर्गत एकिकृत पार्टीको केन्द्रीय कमिटी झण्डै ४ सय सदस्यीय बनाउने सहमति भएको छ।

जस अनुसार एमालेको तर्फबाट २ सय ६ जना र माओवादी केन्द्रबाट २ सय जना राखेर केन्द्रीय कमिटी बनाउने सहमति दुई नेताबीच भएको छ।

एमालेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको ‘एक्काइसौं शताब्दीको जनवाद’ का राम्रा कुरा समेटेर ‘जनताको जनवाद’ नामक नयाँ कार्यनीति बनाइनेछ।

यसैगरी राजनीतिक प्रतिवेदनमा राजनीतिक परिवर्तनमा माओवादी जनयुद्धको र एमालेको शान्तिपूर्ण संघर्षको यथोचित रुपमा सकरात्मक चर्चा गरिने भएको छ।