विजयनगरको दोस्रो गाउसभा वाट १७ कानुन पारीत

२०७५ जेठ ३ बिहीवार
Newsdesk Shikharnews

माधव बेल्वासे,चन्द्रौटा कपिलवस्तु, ३ जेठ।  कपिलवस्तुको विजयनगर गाउपालिकाको दोस्रो गाउँसभा सम्पन्न भएको छ ।

विहिवार सम्पन्न गाउँसभाले नया कार्यविधि सगै पुरानालाई संसोधन गरेको छ । सभाले प्रशासकिय कार्यविधि ऐन २०७४ र न्यायिक सम्वन्धि ऐन २०७४ पारीत गरेको छ ।त्यस्तै गाउपालिकाको कार्यपालिकाले सस्सोधन गरी पारित गरेको अन्य १५ वटा कार्यविधिहरुलाई गाउसभाले सर्मथन गर्दै पारित गरेको हो ।

जसमा कार्यविभाजन नियमावली, कार्यसम्पादन ,वैठक संचालन,पदाअधिकारीको आचारसंहिता, विनियोजन ऐन,राजपत्र प्रकाशन,उपभोक्ता समिति,सहकारी ऐन, शिक्षा नियमावली,एफएम संचालन,कृषि प्रवद्धन,करारमा कर्मचारी व्यवस्थापन,वजार अनुगमन रहेका छन ।

गाउँपालिकाका अध्यक्ष गोपाल थापाले गाउपालिकालाई समृद्ध बनाउने सवैको योजना रहेकोले सवैको सल्लाह अनुसार कार्य अघि वढाएको वताए ।गाउपालिकालाई जिल्लाकै नमुना गाउपालिका निमार्ण गरेर विकाशको गतीले तिव्रता पाउने वताए ।

सभाको सदस्यहरुलाई सम्वोधन गर्दै अध्यक्ष थापाले जिल्लाकै पश्चिम र पछाडि परेको ठाउ भनेर चिनिने गाउपालिका विकाशउन्मुख भएको वताए । गाउँपालिकामा रहेको सम्पुर्ण वडाहरुमा विकाशका कामहरु तिव्र रुपमा भएको वताउदै वडा वासीहरुलाई आवश्यक अनुसार विकाश वढाउन वडा अध्यक्षहरुलाई आग्रह गरे ।

गाउँपालिकाले अघि सारेका कामहरु पुरा गरेर नमुना गाउँपालिका निमार्ण गर्ने वडा न ४ वडा अध्यक्ष तिलक कडेलले वताए । जनता वाट प्रतिनिधित्व गर्दै आएका जनप्रतिनिधिहरुले जनताको लागी नै काम गर्नुपर्नेमा जोड दिए ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी चौधरीको स्वागत मनतब्यबाट शुरू भएको कायक्रमको अध्यक्ष गाउँपालिका अध्यक्ष गोपाल थापाद्धारा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले गर्नुभएको थियो ।

managed wordpress hosting